सर्लाहीको हरिवन-९ सुखेपोखरीमा रहेको पशुपति मन्दिरमा नौ तले धरहराको प्रतिमा स्थापना गरिएको छ । साउन महिनाको अन्तिम सोमबारकै अवसर पारेर प्रतिमाको उद्घाटन गरेको हो ।
नेपालको दोस्रो ठुलो पशुपति मन्दिर भनेर चिनिने सुखेपोखरीमा रहेको पशुपति मन्दिरमा हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईले नेपालको झण्डा लगाउदै प्रतिमाको उद्घाटन गरिएको थियो ।
४ किलो बराबरको तामाको जलपले निर्माण गरिएको प्रतिमा मन्दिर परिसरमा राख्दा गौरवको कुरा रहेको मेयर प्रसाईले बताए । भुकम्पपछि पछिल्लोपटक मानिसले धरहरालाई बिर्सिदै गइरहेको बेला धरहराको प्रतिमा देखेर पर्यटकहरु पनि खुशी हुने बताए ।
हरिवन-९ मा रहेको शिक्षाबाट कोही पनि वञ्चित नहुन भन्ने संस्था प्रतिमाको स्थापना गरिएको हो ।