मुस्लिम समुदायले इदुल फित्र मनाउदै, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

मुस्लिम धर्माबलम्बीले इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद आज मनाइदै छ । यो पर्वलाई ‘इद-उल-जुहा’ पनि भनिन्छ ।
संसारभरीका मुस्लिम समुदायले बकर ईद पर्व धुमधामका साथ मनाउँदै छन् । ईस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १० औं दिनमा यो पर्व मनाउने गरिन्छ ।

यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इदको अवसरका शुभकामना दिँदै साझा सांस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराहरूको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताएकी छन्।

‘परम्पराहरूको संरक्षणले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्न गई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्नेछ,’ राष्ट्रपतिको विज्ञप्तीमा उल्लेख छ। भण्डारीले इस्लाम धर्मावलम्बीको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना पनि गरेकी छन्।

यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याउने उनको भनाई छ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ सालको ईद–उल–अज्हा (बकर ईद) को शुभ अवसरमा सम्पूर्ण मुस्लिम दिदी बहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । बकर ईद मुबारक !

नेकपाकाले पनि शुभकामना दिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा हस्ताक्षरित शुभकामनामा लेखिएका छन्– नेपाल बहुभाषिक, बहुसांस्कृतिक र विभिन्न धार्मिक समुदायहरुको साझा भूमि हो । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता हो ।

नेपाली जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूत गर्ने वर्तमान संविधानले सबै धर्महरुको उत्तिकै सम्मान गरेको छ । धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहरणीय समाजका रुपमा गनिन्छ ।

पुराना सोच, संरचना, मुल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरि नयाँ सोच, मुल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती हामी सामु छ ।
समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत गर्न आव्हान गर्दै यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।

यसैगरी ग्लोबल आइएमई, एनएमबी, मेगा, लक्ष्मी लगायत बैंकहरुले पनि शुभकामना दिएका छन् ।

बकर इदका अवसरमा प्रदेश २ र ५ ले प्रदेशस्तरीय निर्णय गरेर आज सार्वजनिक बिदा दिएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया