माइक्रोब्लगिङ साइट ट्वीटर नयाँ इन्टरफेसका साथ प्रयोगकर्तामाझ आएको छ । पहिलेको भन्दा नौलो डिजाइन रहेका कारण यसलाई लिएर प्रयोगकर्ताहरुले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन् । केहीले नयाँ इन्टरफेस मन पराएका छन् भने केहीलाई पुरानै ठिक थियो भन्ने लागिरहेको छ ।
यदि तपाईलाई पनि ट्वीटरको नयाँ भर्सन मन परेन भने पुरानोलाई यसरी चलाउनुहोस् ।
- सबैभन्दा शुरुमा ट्वीटरमा लग इन गर्नुहोस् ।
- त्यसपछि टाइमलाइनभन्दा बायाँ साइडमा ‘मोर’ लेखेको अप्सनमा क्लिक गर्नुहोस् ।
- त्यहाँ धेरै अप्सन देखिनेछन् ।
- त्यसपछि त्यहाँ ‘अबाउट ट्वीटर’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
- त्यस अप्सनमा क्लिक गरेपछि स्क्रिनको दायाँ साइडमा धेरैवटा अप्सनहरु देखिन्छन् ।
- त्यसमध्ये ‘डाइरेक्ट्री’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
अब तपाईंले पुरानो इन्टरफेसको ट्वीटर देख्न सक्नुहुनेछ । त्यसबाहेक ट्वीटरले तेश्रो पक्षका अन्य एक्सटेन्सन वा एप्लिकेशनमार्फत् पनि पुरानै शैलीको ट्वीटर प्रयोग गर्न सकिने जनाएको छ ।
यसका लागि तपाईंले सोही अनुसार तेश्रो पक्षका एक्सटेन्सन वा एप्लिकेशन इन्स्टल गर्नुपर्ने हुन्छ ।