हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार प्रदर्शनकारीले धर्ना दिएपछि सबै उडान रद्द भएका छन् ।
सोमबारका सबै उडानहरु रद्द गरिएको विमानस्थलका अधिकारीले जानकारी दिएका हुन् । हजारौं प्रदर्शनकारीले धर्ना दिएकाले उडानहरु प्रभावित भएको हो । सुपुर्दगी विधेयकविरुद्धको प्रदर्शनले हङकङमा यतिबेला अशान्ति मच्चिएको हो ।
लान्टाउ टापुको मुख्य स्थानमा लगातार चार दिनदेखि प्रदर्शन जारी छ । आइतबार प्रहरी र प्रदर्शनकारीबीचको झडपमा ४० जना प्रदर्शनकारी घाइते भएको जनाइएको छ ।
हङकङमा प्रदर्शनकारीले विमानस्थल कब्जामा लिएर उडान रद्ध गर्नु परेको यो पहिलो पटक हो ।