ओपोलाई दुई ह्विसलआउट अवार्ड

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

ख्यातीप्राप्त कम्प्यारिजन साइट ह्विसलआउटले स्मार्टफोन ब्राण्ड ओपोलाई फोन ‘म्यानुफ्याक्चरर आफ द ईयर २०१९’ उपाधिबाट सम्मान गरेको छ । ओपो रेनो ५ जीलाई समेत साइटले उत्कृष्ट फोन डिजाइन फर २०१९ उपाधि प्रदान गरेको छ ।

ह्विसलआउट अवार्ड्सले अष्ट्रेलियन नागरिकहरुलाई विभिन्न विधामा लगातार उत्कृष्ट उत्पादन, सेवा तथा योजना प्रदान गर्ने दुरसञ्चार क्षेत्रका कम्पनीहरुको योगदान मुल्याङकन तथा पहिचान प्रदान गर्ने कार्य गर्दै आइरहेको छ । यस बर्षको ह्विसलआउट फोन अवार्ड्सको निर्णायकमा विज्ञ सम्पादकहरुको समुहले स्मार्टफोनलाई तिनको मूल्य, कार्य प्रदर्शनी, ब्याट्री, स्क्रिन, क्यामेरा, डिजाइन र समग्र प्रयोगकर्ता अनुभवका आधारमा सन् २०१९ का उत्कृष्ट स्मार्टफोन्स तथा निर्माताको चयन गरेका थिए ।

‘ह्विसलआउटका प्रबन्ध सम्पादक, एलेक्स कोरोसले ओपोले स्मार्टफोन बजार परिमार्जन गर्नुका साथै अष्ट्रेलियनहरुका लागि अद्वितीय प्रस्तावहरु प्रदान गरिरहेको बताए । विगत १२ महिना ओपोले उत्साहजनक परिपक्वता प्रस्तुत गरेको छ । कम्पनीले कसैलाई पछ्याउने भन्दा स्मार्टफोन निर्माता तथा नवप्रबर्तकका रुपमा आफ्नो छुट्टै पहिचान कोरिरहेको छ । ओपोले ट्रेण्ड पछ्याउने भन्दा आफैँ ट्रेण्ड बसाउने कार्य गरिरहेको छ’, एलेक्सले भने ।

ओपो अष्ट्रेलियाका प्रबन्ध निर्देशक माईकल ट्रानले यो अवार्डले अष्ट्रेलियामा ओपोको सफलताको प्रतिनिधित्व गरेको विश्वास ब्यक्त गरे । उनले यसको श्रेय कम्पनीको स्मार्टफोन नवप्रबर्तन र डिजाइनलाई दिए ।

ओपोले स्मार्टफोन डिजाइन तथा नवप्रबर्तनका लागि आफ्नो निरन्तर मिहेनत कायम राख्ने छ । पछिल्लो हप्ता मात्रै कम्पनीले स्मार्टफोन डिजाइनमा आफ्नो नयाँ प्रस्तुति कभ्र्ड डिस्प्ले सहितको पूर्ण फूल स्क्रिन दृश्यानुभव दिने ‘वाटरफल स्क्रिन’ को घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया