नेपाल टेलिकमले पोस्टपेड मोबाइलमा रोमिङ सुविधा उपलब्ध गराउँदा राखिने धरौटी शुल्कमा भारी कटौती गरेको छ । टेलिकमले न्यूनतम धरौटी शुल्क ३० हजार रुपैयाँबाट घटाएर १० हजार रुपैयाँ कायम गरेको छ । साथै प्रिपेड मोबाइल सेवा प्रयोगकर्ताले थप धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न सक्नेछन् ।
रोमिङ सुविधा लिएपछि टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा जाँदा नेपाल लगायत विश्वभरि फोन गर्न, आएको फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थानीय मोबाइल अपरेटरका नम्बरमा पनि कुरा गर्न र सन्देश आदानप्रदान गर्न सकिन्छ ।
पोष्टपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सुविधा लिनका लागि कम्पनीको नजिकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नु पर्दछ ।
त्यस्तै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनका लागि ८ज्ञद्धज्ञछ३ डायल गर्नु पर्दछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी सेवा लिन सकिने टेलिकमले जनाएको छ ।