मोडल तथा निर्देशक थापाको नयाँ गीत ‘ भुल भयो म बाट ’बजारमा 

निरज तामाङ संवाददाता
काठमाडौँ

म्युजिक भिडियोका सफल मोडल तथा निर्देशक प्रेम थापाको नयाँ गीत ‘भुल भयो म बाट’ गीत आजबाट बजारमा आएको छ ।  लोकदोहोरी प्यार्टनमा रहेको यो गीत आज बिहान इमराल्ड आर्ट स्टुडियोको युटुव च्यानल मार्फत बजारमा आएको हो । म्युजिक भिडियोमा मोडल प्रेम थापा र मोडल अञ्जलि अधिकारीको अभिनय रहेको छ ।

गीतमा गायिका समीक्षा अधिकारी र सुवास खत्रीको आवाज रहेको छ भने गीतमा शब्द सिर्जना शिव अखेलीले गरेका छन् । ईश्वर सिंहले लय सिर्जना गरेका छन् । गीतको निर्देशन युवा निर्देशक सिर्जन बरालले गरेका छन् ।

भिडियोमा मोडल थापा र अधिकारीबिच गहिरो माया प्रेम रहेको देख्न सकिन्छ ।  मायामा केही भुल भएपछि मोडल थापा मोडल अधिकारीसँग विभिन्न भूमिकामा माफी मागेको देख्न सकिन्छ ।


यसअघि मोडल तथा निर्देशक थापाको बाचा,समय,धर्म।।। लगायतको गीति एल्बम बजारमा आइसकेको छ । जसमा माया लाएर र्नै हो।।।,फेरी मायाको।।।,रातको जुन परे म भरमा।।। लगायतको गीत चर्चित मानिन्छ ।  एक महिना अघि मात्रै खोलीको पानीले।।।नामक बोलको गीत सार्वजनिक भएको थियो । जुन गीतले निकै चर्चा समेत कमाएको थियो ।

प्रेमी प्रेमिकाले एकले अर्कोलाई दोषारोपण गरेको , दुवै जनाको केही   मनमुटाबपछि एकले अर्कोलाई घुर्की लगाउने गरेको कुरालाई गीत मार्फत  प्रस्तुत गरेको छ ।

https://youtu.be/taym9MoLaFU

तपाईको प्रतिक्रिया

पत्रपत्रिका