साउदीमा नेपाली महिला श्रमिकहरुको प्रवेश बढेसँगै जातीय, क्षेत्रीय संघसस्थाहरुमा आवद्धतासँगै सक्रियता पनि बढेको छ । दिदीबहिनी समूहले पनि नयाँ कार्यसमिति गठन भएपछि औपचारिकता पाएको छ ।शुक्रबार १४ जुन तारिखमा दमामस्थित अल बदर अस्पतालमा भएको भेलाले तुलसी गुरुङको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरी औपचारिक रुपमा सार्वजनिक गरेको हो ।
यसअघि समूहले अनऔपचारिक रूपमा विभिन्न सामाजिक कामहरूमा सहकार्य गर्दै आएका थिए ।
समूहको उपाध्यक्ष दिल कुमारी चाम्लिङ राई, महासचिव धनकुमारी पुन मगर,उपमहासचिव मन्जु परियार, कोषाध्यक्ष पुष्पा चाम्लिङ्ग राई, सहकोषाध्यक्ष मिना योन्जन, प्रवक्ता श्रीदेवी चाम्लिङ राइरहेकी छिन् ।
त्यसैगरी सदस्यहरू क्रमशः बालकुमारी भण्डारी, कमली योन्जन, अस्मिता तामाङ, राम माया तामाङ, भिमकला विश्वकर्मा, सबिता विश्वकर्मा, तुलि माया पुन मगर, चिनी माया भुजेल, भगवती चौलागाई, लक्ष्मी तामाङ, यमुना पोखरेल, नैना श्रेष्ठ, पुतलीमाया तामाङ, शान्ता देवि तामाङ, याङ्जी शेर्पा, बिन्दु गुरुङ, पुतली तामाङ, तुलमाया लिम्बु चयन भएकी छिन् ।
अधिकांश महिलाहरू साउदीको सामुदयिक क्षेत्रमा कार्यरत भए पनि केही व्यावसायिक क्षेत्रमा रहेकी दिदीबहिनीलाई समेट्न बरिस्ठ सल्लाहकारमा यस्मिन बेगम र सल्लाहकारमा सम्झना श्रेष्ठलाई चुनिएको नवनिर्वाचित अध्यक्ष गुरुङले बताइन् ।
साउदीमा ३ लाख ५५ हजारको हाराहारीमा पुरुष श्रमिकहरु र ११ हजारको हाराहारीमा महिला श्रमिकहरु गरी कुल ३ लाख ६५ हजार नेपालीहरु रहेको तथ्यांक दूतावाससँग रहेको छ ।
विभिन्न सामुदायिक क्षेत्रमा कार्यरत महिला श्रमिकहरू संगठित हुनु र कार्य क्षेत्रमा पर्न आएको समस्यामा समन्वय भूमिका खेल्न समूह गठन भएको उपाध्यक्ष दिलकुमारीले बताइन् । उनले थपिन् – समस्यामा परेकी दिदीबहिनीहरुलाई नेपाल सरकारको सम्बन्धित निकायसम्म पुर्याउन र श्रमिकहरुलाई सचेतना मुलक कार्यक्रमहरू गरी सजकता गराउने उदेश्यका साथ गठन गरिएको हो ।
समूहकी अध्यक्ष गुरुङ झन्डै एकदशक अघिदेखि विभिन्न संघसंस्था र दूतावाससँगको समन्वयमा साउदीको पूर्वी क्षेत्रमा घरेलु हिंसामा परेकी महिलाहरुको उद्धार गर्दै आएकी छिन् । स्मरण रहोस् दिदीबहिनी समूह घोषणा गर्नु भन्दाअघि १४ सेप्टेम्बर २०१८मा हरितालिका तीजको अवसर पारेर ” तीज रंगिन उत्सव २०७५ र १ मार्च २०१९मा अन्तर्राष्ट्रिय महिला दिवस ” अल खयाम रेस्टुरेन्टमा मनाएका थिए ।
साउदीको नियम कानून रहन सहन ज्यादै कडा र महिलाहरुलाई सामाजिक तथा सामुदायिक क्षेत्रमा काम गर्न धेरै चुनौती हुदाहुदै पनि श्रमको खोजीमा यहा आइपुगेकी महिलाहरू संगठित हुनु भनेको आफैमा गौरवान्वित हो ।