‘म मरे भने त यो सहरको डेरामा…’

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

लेखनको क्षेत्रमा आफ्नो पृथक् पहिचान बनाइसकेका युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो सहरको डेरामा…’ सार्वजनिक भएको छ ।

बाबुल गिरीको स्वर, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो गीतकार फुलाराको सार्वजनिक गरिएको हो । कुलारा लिट्रेचर फाउन्डेसन नेपाल र द ल अफिसेस अफ बाशु डी। कुलारा पि।सि।को संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त गीतको पोस्ट प्रोडक्शन ‘बि स्क्वायर मिडिया र रेकर्डिङ द पिक स्टुडियोमा भएको थियो


। सङ्गीत सागर मगरद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा संवाद लेखन जनकराज खकुरेलको रहेको छ । त्यसैगरी ध्वनि मिश्रण दिनेश राजवाहक, छायाङ्कन तथा सम्पादन विश्वास भण्डारी, मेकअप कृत्तिका श्रेष्ठको रहेको छ भने बाँसुरीमा सञ्जीव मैनाली, गितारमा राहुल विकले गीतलाई थप कारुणिक बनाएका छन् ।

गीतकार फुलाराको यसअघि आमाहरूमा समर्पित गीत ‘जुनसरी बिलाई गयौ।।, कोरोना कहर विशेष ‘कस्तो भाइरस आयो।।’ जस्ता कारुणिक गीतहरू सार्वजनिक भइसकेका छन् । साहित्यिक फाँटमा उहाँका कृतिहरुः ‘नफापेको मान्छे’ ९उपन्यास०, पाठकहरूले सर्वाधिक मन पराएको उपन्यास ‘टुहुरो कुण्डली’ अङ्ग्रेजी र नेपाली संस्करण, नेपाली भाषा र साहित्यको इतिहास ‘त्यहाँ देखि यहाँसम्म’ पाठक माझ आइसकेका छन् ।

युवा गीतकार फुलाराले भने ‘अहिलेको विषम परिस्थिति र विश्वभरि आक्रान्त भइ फैलिएको ९कोभिड १९० को महामारीको चपेटामा परि कष्टकर जीवन बिताइरहेका आम नागरिक तथा मुलुक वा मुलुक बाहिर सपनाको संसार सजाउन हिँडेका युवापिढी जो सहरका डेरामा बसी क्रूरता जीवन भोगिरहेका छन् त्यस्तो जनजीवनलाई लक्षित गरी गीत मार्फत उजागर गरेको छु ।’

तपाईको प्रतिक्रिया

पत्रपत्रिका