२०७५ फागुन २ गते राति एक प्रहरी हवल्दार तुलसीपुर फूलबारीस्थित एक महिलाको घरमा प्रहरी पुगे ।
पानी पिउने बहानामा उक्त घरमा पुगेका इप्रका फूलबारीमा कार्यरत एक प्रहरी हवल्दारले घरमा रहेकी एक महिलालाई बलात्कार गरे । प्रतिकार गर्न खोज्दा घाँटी र गालामा चोट लागेकी ती महिलाले बलात्कारी प्रहरी हवल्दारविरुद्ध फागनु ३ गते उजुरी हालिन् ।
प्रहरीले हवल्दारलाई नियन्त्रणमा लिएर जबर्जस्ती करणी मुद्दा चलायो । तर जिल्ला अदालतले २०७६ जेठ १९ गते ती प्रहरी हवल्दारलाई सफाइ दियो ।
२०७५ फागुनदेखि २०७६ जेठसम्म चलेको यो मुद्दामा सुरुमा उनै प्रहरी हवल्दार बलात्कारिरहेको पीडित महिलाले दाबी थियो । तर पछि पीडित महिलाले उक्त घटनाका बारेमा फरक बयान दिँदै भनिन्, ‘बलात्कार भएको हैन ।’
घोराहीका एक व्यापारीले घरमा काम गर्दै आएकी ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरे । घरमालिकले २०७५ फागुन २० गते आफूलाई बलात्कार गरेको भन्दै पीडितले परिवारलाई जानकारी गराएपछि परिवारले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो ।
ती बालिकाले घर मालिकले आफूलाई ६ महिनायता पटकपटक बलात्कार गर्दै आएको बयान दिइन् । पीडित परिवारको उजुरीका आधारमा प्रहरीले वैशाख ८ गते घरमालिकलाई नियन्त्रणमा लियो ।
सोही दिन प्रहरीले जबर्जस्ती करणी मुद्दा अदालतमा दर्ता गर्यो । तर बलात्कार आरोपित ती घरमालिकले २०७६ असार २२ गते अदालतबाट सफाइ पाए । यो घटनामा पीडकले सफाइ पाउनुको कारण पनि ‘पीडित पक्षको बयान फरक हुनु’ थियो ।
सुरुमा पीडक भनिएकाले आफूमाथि बलात्कार भएको भन्दै मुद्दा हाल्ने तर पछि मुद्दा चलिरहेकै अवस्थामा बयान फेर्ने गरेका पछिल्ला दृष्टान्त हुन्, उल्लिखित घटना । पीडितले बयान फेर्दै पीडकलाई निर्दोष सावित गरिदिएका यस्ता घटना जिल्लामा थुप्रै छन् ।
यतिसम्म कि सुरुमा अदालतमा आफू पीडित भएको बयान दिनेहरूलेपछि बयान फेरेर अदालतलाई नै झुक्याउने गरेका छन् । यो समाचार अाजको नागरिक दैनिकमा छ ।