बालुवाटारमा आदिवासी जनजातिहरुको प्रदर्शन (फोटोफिचर)

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

आरक्षण बचाऔं आन्दोलन समितिले मंगलबार बालुवाटारमा प्रदर्शन गरेको छ । समितिले आन्दोलनको निर्धारित कार्यक्रमअनुसार आज प्रधानमन्त्री निवास बालुवाटार र मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना दिएको हो ।

प्रदर्शनमा नेपाल आदिवासी जनजाति महासंघसँग सम्वद्ध जातीय संघसंस्था, महिला, दलित लगायतका प्रतिनिधिहरुले लोकसेवा आयोगले आरक्षण कोटा हटाइएकोमा चर्को नाराबाजीसहित विरोध प्रदर्शन गरेका थिए ।

लोकसेवा आयोगले स्थानीय तह पदपूर्तिका लागि गरेको विज्ञापन नेपालको संविधान तथा मौजुद प्रचलित ऐन कानूनले गरेको व्यवस्था विपरित असमावेशी ढंगबाट भएको भन्दै समितिले विरोधका कार्यक्रमहरु जारी रहने बताए ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका