नृत्य निर्देशक संघ नेपालको तेस्रो स्थापना दिवसमा आइतबार ‘तेस्रो राष्ट्रिय नृत्य महोत्सव’ गरिएको छ ।
राष्ट्रिय नाचघर काठमाडौंमा सम्पन्न महोत्सवमा उपत्यकाका विभिन्न विद्यालयका करिब १५ नृत्य टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा विभिन्न जातजातिका पहिचान झल्किने नृत्यहरु प्रस्तुत गरेका थिए ।
तामाङ सेलोमा त्रिनेत्र विद्यासदन स्कूल प्रथम, लिबर्टी स्कूल द्वितिय र रिलायन्स स्कूल तृतिय भएका थिए ।
यसैगरी कौरामा टाइमलाइन स्कुल प्रथम, बालगीतञ्जली द्वितिय र बालबाटिका स्कूल तृतिय भए ।
थारु नृत्य अन्तर्गत गोकर्णेश्वर स्कुल प्रथम, एम्बिसन एकेडमी स्कुल द्वितीय र टाइम लाइन स्कुल तृतीय भएका थिए ।
सकेला नृत्य अन्तर्गत प्रथम ब्राइट फ्युचर स्कुल, द्वितीय पारिजात स्कुल भए ।
नेवारी नृत्य अन्तर्गत नवरत्न स्कुल प्रथम, होलि गार्डन स्कुल द्वितीय र लिटिल वर्ड स्कुलले तृतीयको उपाधि जितेका हुन् ।
विजेता कलाकारहलाई प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले ट्रफी र सम्मानपत्र प्रदान गरेका थिए ।
‘नृत्य हाम्रो अभिमान कला र संस्कृतिका पहिचान’ भन्ने मुल नाराका साथ विगतदेखि यो महोत्वस आयोजना गर्दै आइरहेको संघका केन्द्रीय अध्यक्ष भूवनदास श्रेष्ठले बताए ।
विश्वमा १ सय २६ घन्टा नाचेर गिनिज बुकमा नाम लेखेका बन्दना नेपाल र बरिष्ठ नृत्य गुरुआमा प्रा.श्रीमती बेटी बज्राचार्यलाई पनि सम्मान गरेका थिए ।