मेगा बैंक लिमिटेड नेपालले नेपाल प्रहरीलाई ५ हजार थान डायरी सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतबाट मंगलबार वितरण गरेको हो ।
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी विनोद घिमिरेलाई उक्त डायरी हस्तान्तरण गरेकी हुन् । शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले सहयोग गरिएको बैंकले जनाएको छ ।
मेगा बैंकबाट सहयोग पाउँदा खुसी व्यक्त गर्दै डीएसपी घिमिरेले धन्यवाद दिए।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1