अस्ताए नेपालप्रसाद

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
350 Shares
काठमाडौं

साहित्यकार नेपालप्रसाद स्याङदनको ६३ वर्षको उमेरमा गएराती निधन भएको छ । स्याङदानको उपचारको क्रममा निधन भएका हुन् ।

उनको ओन्छ्यान प्रजातन्त्र ‘कठै प्रजातन्त्र’ र चेङमा सेमला ताम (कञ्चन मनको कुरा) कृति पाठकमाझ आइसकेको छ ।

सहरिया जीवन र कङ्क्रिट बस्तीले ढाकेपछि उपत्यकामा आफ्नो सांस्कृतिक पहिचान मेटिँदै गएका हुन् । ठिक यही समयलाई बुझेर नागार्जुन नगरपालिका रानीवनमा जन्मेका साहित्यकार  स्याङदनले मातृभाषामा पुस्तक प्रकाशन गरेका हुन् ।

उनी तामाङ साहित्यिक संस्था तामाङ डाजाङ लगायतका संस्थामा आबद्ध भएका थिए । त्यस्तै उनी श्रष्टा समाजका संस्थापक उपाध्यक्ष भई दुई कार्यकालसम्म अध्यक्ष र, हाल संरक्षक थियो ।

यसैगरी सांस्कृतिक जागरणका लागि जन्मथलोमा तामाङ सेर्जिम समिति पनि सक्रिय गराएका थिए ।

हाल उनको एक श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

उनको अल्सर र फोक्सोको समस्याका कारण निधन भएको हो ।

भुलसुधार

यसअघि कोरोनाका कारण निधन भएको समाचार सम्प्रेषण हुन गएकोमा अनलाइन टीम क्षमाप्रार्थी छाैँ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका