नेपाल आइडल बुद्ध लामा पहिलो पटक कोरिया आउँदै

अमिर योञ्जन संवाददाता
0 Shares
दक्षिण कोरिया

पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा पहिलो पटक सांगीतिक प्रस्तुतिका लागि कोरियामा आउने भएको छ । गायक लामासहित आधा दर्जन गायक–गायिका एकै स्टेजका लागि आउँदै छन् ।

तमु धीं दक्षिण कोरियाको आयोजित ‘चौथों रोधी सांगीतिक सौगात’को लागि चर्चित लोकदोहोरी तथा ब्याटल गायक प्रकाश सपुत, पप गायिका त्रिशला गुरुङ, लोकदोहोरी गायिका बत्ती थापा मगर, कमेडी कलाकार उमेश राई (फुलन्देकी आमा) र कार्टुन क्रिउजका डान्सर आश्मा विश्वकर्मा, सरोज अधिकारी आउने भएको हो । ब्याटल गायक प्रकाश सपुत बाहेक सबै कलाकार पहिलो पटक कोरिया आउदै छन् ।  आइतबार आयोजक संस्था तमु धींले सउलमा पत्रकार सम्मेलन गरी सबै कलाकार कार्यक्रमको लागि आउने निश्चित भएको जनाकारी दिए ।

कोरियन चाड छुसकको बिदाको दोस्रो दिन सेप्टेम्बर १३ गते तमु धींले कोरियाका लागि दीर्घकालिन शेल्टर व्यवस्थापन तथा आपतकालिन राहत कोष स्थापना सहयोगार्थ स्वरुप मनोरञ्जन सांगीतिक कार्यक्रम गर्दै छ । कार्यक्रम सउलको ४ नं. लाइन हेवा स्टेशनको गेट नजिकै दोङ्सुङ कन्सर्ट हलमा हुने आयोजक संस्थाका अध्यक्ष जित गुरुङले बताए । उनले सबैमा निम्तो दिदै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताए । कार्यक्रमबाट उठेका रकम सामाजिक कार्यको लागि हुने भन्दै अध्यक्ष गुरुङले यसको लागि सबै नैपालीहरुले आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गरिदिन अनुरोध गरे । उनले थपे, सबैले साथ दिए विगतका सौगात जस्तै सफल हुनेछ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका