यसपालीको गाईजात्रा महोत्सव नाचघरमा

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

हास्य ब्यङ्गको महोत्सब गाईजात्रा सास्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गर्ने भएको छ ।

यहि साउन ३१ र ३२ गते नेपालका ख्यातीप्राप्त हाँस्यकलाकारहरु प्रभाकरदेब शर्मा, दमन रुपाखेती, बिष्णु सापकोटा ‘हर्के हल्दार’, पल्पसा डंगोल ‘चम्सुरी’, राजन थापा, घनश्याम गौतम (नक्कली प्रचण्ड), सुरेश तिमल्सिना (नक्कली ओली), मन्जु श्रेष्ठ, सन्तोष खनाल, रेशम फिरीरी, पुष्पराज अवस्थी, शुसिला निरौला ‘बिम्ली’, दिलिप तामाङ, शुबि साहि, शशी थापा, बिपिन घिमिरे र लक्ष्मण गाम्नागेको बेजोड प्रस्तुति रहनेछ ।
गाईजात्रामा प्रहसन, प्यारोडी, नृत्य, कमेडी डान्स कबिता लगायतका प्रस्तुति हुनेछ ।

महोत्सबमा प्रभाकर देब शर्मा, दमन रुपाखेती र घनश्याम गौतम प्रचण्ड ओली टिमको प्रहसन हुनेछ । सुबि शाहिको नृत्य रेशम फिरिरिको कमेडी डान्स, लक्ष्मण गाम्नागेको ब्यग्य कबिता र सन्तोष खनालको उद्घोषण रहने छ ।

करिब २ घन्टाको गाइजात्रे प्रस्तुतिमा दमन रुपाखेती र दिलिप तामाङको ‘कट्टु ब्यापार’, घनश्याम गौतम नक्कली प्रचण्ड र सुरेश तिमल्सिन नक्कली ओलीको ‘भाले जुधाइ’ नामक प्रहसन देख्न पाइने छ । अन्य कलाकारहरु पनि प्रस्तुतिका तयारीमा जुटिरहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका