‘सफलताको लागि धैर्य गर्न सिक्नुस्’

सैलुङअनलाइन संम्वाददाता
काठमाडाैं
PHOTO:

ज्याक मा एसियाकै धनी व्यक्तिका रुपमा चिनिन्छन् । उनको अर्को नाम मा यूँ हो । उनी अनलाइन रिटेल कम्पनी अलिबाबाका संस्थापक र कार्यकारी अध्यक्ष समेत हुन् । ब्लूमबर्गको इण्डेक्स अनुसार उनको सम्पत्ति २३ बिलियन डलर भन्दा बढी छ । तीनै ज्याक माका केही सिद्धान्तहरु हामीले यहाँ प्रकाशित गरेका छौं, जुन सिद्धान्त तपाईंका लागि पनि उपयोगी बन्न सक्छ ।

  • यदि तपाई सफलता चाहनुहुन्छ भने धैर्यता गर्न सिक्नुस् ।
  • जिन्दगिमा कहिल्यै पनि हार नमान्नुस्, आफ्नो लक्षमा लागि रहनुस् किनकी हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।
  • तपाई आवश्यकता भन्दा बढी इमान्दार पनि नबन्नुहोस् ।
  • तपाई आफ्नो प्रतिस्पर्धीबाट सिक्नुस्, कहिल्यै नक्कल गर्नुहोस् ।
  • तपाईले कुनै पनि वस्तुको मूल्यमा कहिल्यौ प्रतिस्पर्धा नगर्नुस् तर सेवा र सिर्जनशीलतामा भने सँधै प्रतिस्पर्धा गरिरहनुस् ।
  • तपाईं आफ्ना प्रतिस्पर्धीहरूलाई बिर्सनुहोस्, तपाईं केवल तपाईंका ग्राहकहरूमा ध्यान दिनुुहोस् ।
  • एउटा कुरा ख्याल राख्नुस कि यो संसारमा पैसाको कुनै कमि छैन । यहाँ सपना देख्ने मानिसहरुको मात्र कमि छ ।
  • अवसरका लागि पहिले प्रयास गर्नु जरुरी छ ।
  • नेता दूरदर्शी हुनुपर्छ, उ एकजना कर्मचारी भन्दा धेरै दूरदृष्टि राख्ने हुनुपर्छ ।
  • यदि तपाईंले हार मान्नु हुन्न भने तपाईंसँग अझै एक मौका छ ।
  • जब मानिसहरु तपाईका बारे धेरै नै सोच्दछन्, तपाईको जिम्मेदारी बन्दक कि तपाईं शान्त हुनुस् र आफू स्वयं हुनुन् ।
  • यदि हामी एक राम्रो टिम हौं र हामी के गर्न चाहन्छौं भन्ने हामीलाई थाहा छ भने, हामीमध्ये एकले उनीहरुका दश जनालाई हराउन सक्छौं ।
  • ३० प्रतिशत मानिसहरुले तपाईलाई विश्वास गर्दैनन् । तपाईंका सहकर्मीहरू र कर्मचारीहरूलाई तपाईंको लागि काम गर्न अनुमति नदिनुहोस् । यसको सट्टामा उनीहरूलाई साझा लक्ष्यका लागि काम गर्न दिनुहोस् ।
  • केवल मूर्खहरू बोल्नका लागि मुख प्रयोग गर्छन्, एक चतुर मानिस मस्तिष्क प्रयोग गर्छन् र एक बुद्धिमान मानिस आफ्नो हृदय प्रयोग गर्छन् ।

तपाईको प्रतिक्रिया