अन्तर्राष्ट्रिय लायन्स क्लबको संयोजकमा तामाङ

सैलुङअनलाइन संवाददाता
0 Shares
अमेरिक

लायन्स क्लब इन्टरनेश्नल (LCI) ले सोमबार लायन्स क्लब अफ सन्नीभेल एभरेष्टका निवर्तमान अध्यक्ष मंगल तामाङलाई LCI Specialty Club को संयोजकमा नियुक्त गरेको छ।

लायन्सको लागि यो पद एक महत्त्वपूर्ण हो । विगतमा गरिएको कार्य कुशलताको आधारमा २ भन्दा बढी जिमेवारी निर्वाह  गरीसकेका व्यक्तिको सिफारिसलाई आधार मानेर (लायन्स क्लबको केन्द्रीय कार्यालयले  छनोट गर्दछन् ।

अब तामाङले अन्य मल्टिपल डिस्ट्रीक(district) र विभिन्न देशका  वर्ग, समुदाय , विभिन्न पेशा संग आबद्ध भएर शुध्द सेवाभाव भएका व्यक्तिहरुलाई  सामाजिक सेवामा आवध्द गराउने काम को संयोजन  गर्नुपर्ने हुन्छ । लायन्सको मुख्य कार्यालयसंग सिधै सम्पर्कमा रहनेछ ।

लायन्सले यसपूर्व नै नेपाली मूलका राजेन थापा र राज श्रेष्ठलाइ नियुक्ति गरेको थियो ।  तामाङ तेस्रो भएका हुन् भने तामाङ समुदायबाट पहिलो भएको छ । गत जुलाई महिनामा मात्र तामाङ लायन्स क्लबको डिस्ट्रीक (District) 4C6 को लागि जोन चेयर पर्शनमा छनोट भइ Lions District 4C-6 ko क्याबिनेट पदमा पुग्ने  पहिलो नेपाली भएको छ ।

तामाङले आफू लायन्स क्लब अफ सन्निभेल एभरेष्टको चार्टर मेम्बर हुँदै प्रथम उपाध्यक्षबाट आफ्नो लायन्स यात्रा सुरु गरेका थिए । त्यसपछि उनले अन्तराष्ट्रिय समेम्लन, मल्टिपल डिष्ट्रिक (MD4) क्यालिफोर्नियाको थुप्रै काम गरेका छन्। यस क्रममा उनले नेपाल चिनाउने र नेपालको पर्यटन प्रवर्धनमा योगदान दिएका थिए । उनको यो सफलताबाट नेपाली समुदायलाई लायन्स समुदायमा एक तह सम्म उच्च बनाएको छ ।

नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ७ चतुरालेमा जन्मेका तामाङ क्यालिफोर्निया राज्यको सान होजे शहरमा बस्दै आएका छन् । तामाङ तत्कालीन महेन्द्र मावि चतुरालेमा अध्ययनरत हुँदादेखि नै जुनियर रेडक्रसमा सम्बद्ध भएर सामाजिक काम गर्दै आइरहेका थिए ।

तपाईको प्रतिक्रिया