बुद्धको जन्मथलो लुम्बिनी ­(फोटोफिचर)

सैलुङअनलाइन संवाददाता
काठमाडाैँ
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिर । यस वर्ष २५६५ औँ बुद्धजयन्ती । तस्बिरः नरेश केसी/रासस

बुद्धको जन्मथलो लुम्बिनी ऐतिहासिक धार्मिक पर्यटकीय स्थल हो। फराकिलो भूभागमा फैलिएको लुम्बिनी अवलोकन गर्न हरेक वर्ष लाखौँ मानिसहरू आउँछन्। फराकिलो भूभागमा विभिन्न खाले मन्दिरहरू छन्। विभिन्न डिजाइन अनि फरक शैलीमा निर्माण गरेका त्यी गुम्बा, मन्दिरहरू राम्रा छन्। मन्दिरहरू खुल्ने र बन्द हुने समय हुन्छ। एक ठाउँबाट अर्को मन्दिर भएको ठाउँमा जान हिँडेर अलि टाढा नै हुन्छ। त्यसका लागि अटो रिक्साको सुविधा पनि छ। तर अटो रिक्सा सबै ठाउँमा पुग्दैनन्।

सबैभन्दा राम्रो अनि मुख्य आकर्षणको बिन्दु भनेको मायादेवी मन्दिर हो। त्यहाँ उत्खनन गरेर राखिएका बस्तुहरू पनि छन्। त्यो वरपरको वातावरण आनन्दित छ। ठुला रुखहरू पनि छन्। मन्दिर वरपर घाँसहरू पनि उम्रिएका छन्। जेठको महिना भएर होला अलि गर्मी थियो। नेपाल र भारतबाट धेरै मान्छे आउँछन्। अरू विदेशीहरु पनि आउँछन्। नेपालीहरूको लागि टिकट लाग्दैन।


मन्दिर भित्र फोटो खिच्न मनाही छ। मन्दिर बाहिर भने फोटो खिच्न पाइन्छ। कुनै कुनै मन्दिरमा भने फोटो खिच्न पाइँदैन। मानिसहरू फोटो खिच्नमा व्यस्त हुन्छन्। मान्छेको भिड नै हुन्छ।

गुम्बाहरू, मन्दिरहरू चारैतिर बुद्धका मूर्तिहरू छन्। विभिन्न घटनाक्रम सम्झाउने बुद्धको जीवनीसँग सम्बन्धित तस्बिर र मूर्तिहरू पनि छन्। फुलहरू रोपेको, हरियो दुबोहरू राम्रो छ। कुनै कुनै ठाउँको पोखरी भने अलि फोहर थियो जहाँ प्लास्टिकका बोट्टलहरु फालिएको थियो।

-२५६५ औँ बुद्धजयन्ती। तस्बिरः नरेश केसी/रासस

तपाईको प्रतिक्रिया

पत्रपत्रिका