पत्रकार पुडासैनी आत्महत्या प्रकरणः रविलाई पक्राउ गरी कारवाही गर्ने

रविले स्पष्टीकरण दिने

काठमाण्डौं

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ । पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेका बेला उनकै परिवारले नेपाल आज युट्युबबाट सार्वजनिक गरिदिएका हुन् । यो भिडियो सार्वजनिक भएसँगै पुडासैनीको आत्महत्या प्रकरण गम्भीर मोडमा पुगेको छ ।

पत्रकार शालिकरामले बोलेका कुराः

पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन् । उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन् । रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने। कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पुर्‍याए । थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४(५ हजार खर्च हुने, कोठाभाडा, यताउता सबै त्यसैले पुर्‍याउनुपर्ने । प्यारी सम्झना, मैले कसरी सक्नु १ रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ, उनले भिडियोमा भनेका छन्, केही केही दिनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ । कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदै दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२(२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ ।’ आफूलाई दुरुपयो गर्न गरिएको योजनाबारे पनि उनी बोलेका छन् । ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी अस्मिता कार्कीको पछि लगाए’, उनले भनेका छन्, ‘त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्‍याइदिएँ । पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ। त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो । त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्‍नँ ।’

चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्। पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो ।

एसपी मल्लले असार २१ देखि नै चितवन प्रहरी यही प्रकरणको अनुसन्धानमा जुटेको बताएका छन्। ‘म यही विषयमा लागि रहेको छु । प्रहरीले उहाँ ९रवि लामिछाने० लाई सम्पर्क गरिरहेको छ’, एसपी मल्लले भने, ‘अब पक्राउ गरी कावाही प्रकृया अघि बढाइन्छ । म त्यो प्रकृयामा लागिसकेको छु ।’ एसपी मल्लले पुडासैनीको मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो ल्याबमा परीक्षण भइसकेको पनि जानकारी दिए । उनका अनुसार ल्याव परीक्षणबाट मोबाइलमा भेटिएको भिडियोको आवाज पुडासैनीकै पुष्टि भएको छ। ‘विधि विज्ञान प्रयोगशालामा गरिएको ल्याव रिपोर्ट पनि आइसेको छ’, मल्लले भने, ‘किटाणी जाहेर आएपछि अब कारवाही प्रक्रिया अघि बढ्छ ।’

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको भिडियो बाहिरिएपछि सञ्चारकर्मी सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेले आरोप प्रमाणित भएमा हदैसम्मको सजाय भोग्न तयार रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो कुरा राख्ने तयारी गरेका छन् । रविले शालिकरामलाई ठूलो भ्रम परेको बताएका छन् ।

मृतक पुडासैनी नुवाकोट बेलकोटगढी नगरपालिका कुमरीका बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया