ओपोको पान-इन्डस्ट्री इको रेटिंग लेबलिंग स्किमको पहिलो पार्टनर

सैलुङअनलाइन संवाददाता
शन्चन, चाइना

अग्रणी वैश्विक स्मार्ट उपकरण ब्रान्ड ओपोले आफ्नो मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड । काईन्डनेस फर दि वर्ल्ड’ अन्तर्गत नयाँ कदम चाल्दै दिगो भविष्यको आशाका साथ अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान—इन्डस्ट्री इको रेटिंग लेबलिंग स्किमको पहिलो मध्यको पार्टनरको सूचीमा सम्मिलित भएको छ । सन् २०२१ जुनदेखि यो स्किम युरोपभर लागु गरिनेछ । यसले उपभोक्तालाई वातावरण सुरक्षा तथा दिगोपनका बारेमा सचेतना जगाउँदै सर्वाधिक टिकाउ स्मार्टफोनहरू बिच तुलना र पहिचान गर्न सघाउने छ ।


युरोपका ५ अग्रणी मोबाइल अपरेटर्स डच टेलिकम, अरेन्ज, टेलिफोनिका, टेलिया कम्पनी र भोडाफोनद्वारा संयुक्तरुपमा इको रेटिंग ईनिसिएटिभ सञ्चालनमा ल्याएका हुन् । यसको मूल उद्देश्य स्मार्टफोन तथा फिचर फोनको उत्पादन, प्रयोग, परिवहन र डिस्पोजलले पार्ने वातावरण माथिको असरका बारेमा सही र सटिक जानकारी उपलब्ध गराउनु हो ।

यस पहलको समर्थनका लागि ओपोले पहिलो मध्यकै एक सहभागी बन्दै समानान्तर मूल्याङ्कनको तरिका अवलम्बनका लागि सल्लाह सुझावका साथै डाटा पनि उपलब्ध गराएको छ । प्रक्रिया अन्तर्गत विस्तृत मूल्याङ्कन मार्फन हरेक स्मार्टफोन ह्याण्डसेटलाई तिनले आफ्नो जीवनचक्रका दौरान प्रदर्शित गर्ने वातावरणीय परफरमेन्सका आधारमा पूर्णाङ्क १०० मध्यबाट इको रेटिंग स्कोर प्रदान गरिन्छ । उपकरणलाई दिइने इको रेटिंग लेबलले टिकाउपन, मर्मत योग्यता, रिसाइकलेबिलिटी, क्लाइमेट ईफिसियन्सी र रिसोर्स ईफिसियन्सी गरी ५ पक्षको प्रतिनिधित्व गर्छ ।

औद्योगिक पार्टनर्ससंगको सहकार्यका साथै ओपो आफै पनि दिगो संसार निर्माणको जिम्मेवारी बोक्दै सबैको सुन्दर भविष्य लागि अग्रगामी भूमिका निर्वाह गरिरहेको छ । कम्पनीले डिजाईनिंग देखि प्याकेजिंग लगायत हर सम्भव प्रक्रियामा सस्टेनेवल उत्पादन प्रक्रिया अपनाउँदै आएको छ । सन् २०१९को तुलनामा ओपोले वजनका आधारमा सन् २०२०मा १३ गुणा बढी उत्पादन रिसाइकल गरेको छ । ओपोका प्याकेजिंग ४५ प्रतिशत रिन्यूएबल फाइबर्सको प्रयोग गरिन्छ । त्यसैगरी ओपोले आफ्नो जनरल वेस्टमा ४२।७ प्रतिशत र ईन्डाइरेक्ट ग्रिनहाउस ग्यास उत्सर्जनमा २० प्रतिशतले कटौती ल्याएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका