विद्युत प्राधिकरणले प्रतिकर्मचारी ७ हजार प्रोत्साहन भत्ता बाँडिँदै

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

नेपाल विद्युत प्राधिकरणले ३४औं वार्षिकोत्सवको अवसरमा सबै कर्मचारीलाई प्रोत्साहन भत्ता बाँड्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबारको बैठकले प्रोत्साहन भत्ता बाँड्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार प्रत्येक कर्मचारीले ७ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने भएको छ । गत वर्ष प्रतिकर्मचारी ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिएको प्राधिकरणले यसपटक ४ हजार रुपैयाँ बढाएर दिन लागेको हो ।

गएको आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको प्राधिकरणले यसपटक स्थायी र ज्यालादारी सबै कर्मचारीका लागि प्रोत्साहन भत्ता छुट्याएको छ ।

९ हजार स्थायी र साढे २ हजार ज्यालादारीसहित साढे ११ हजार कर्मचारीले यो प्रोत्साहन भत्ता पाउने भएका छन् । सबै कर्मचारीलाई ७ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता बाँड्दा प्राधिकरणको ८ करोड ५ लाख रुपैयाँ खर्च हुनेछ ।

प्राधिकरणले हरेक वर्ष वार्षिकोत्वको अवसरमा कर्मचारीलाई प्रोत्साहन भत्ता दिने गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका