`मातृभुमिका लागि विश्वभरिका रोल्पालीहरु गोलबन्ध होऔं´भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदी अरबको प्रथम वार्षिकोत्सब तथा महाधिवेशन सम्पन्न भएको छ ।
अगस्त १२ तारिख सोमबार समाजको वार्षिकोत्सब तथा महाधिवेशन विविध साँस्कृतिक कार्यक्रम गरि दमामको प्यारागन रेस्टुरेन्टमा सम्पन्न भएको हो । महाधिवेशनबाट नरेन्द्र घर्तीको अध्यक्षतामा १९ कार्यसमिति चयन गरेको छ ।
समाजको बरिस्ठ उपाध्यक्ष राजन खड्का, प्रथम उपाध्यक्ष कमल राज पुन, द्वितीय उपाध्यक्ष चक्र पुन, तृतीय उपाध्यक्ष धन कुमारी पुन मगर, महासचिब महेन्द्र घर्तीमगर, सचिब विशाल मगर, सह-सचिब टेकेन्द्र राना, कोषाध्यक्ष भिम बुढा मगर, सहकोषाध्यक्ष रमेश घर्ती मगर रहेकाछ्न ।
त्यसैगरी सदस्यहरु क्रमशः खर वीर सेर्चाली, अमर विक, गोपाली घर्ती, सुनिल बुढामगर, हरि खत्री, दिपेन्द्र घर्ती, केशब बुढामगर, मान बाहादुर विक, पोषन केसी लगायत रहेका छन् ।प्रमुख सल्लाहकारमा दिपक सिंह थापा र अार्थिक सल्लाहकार रमेश बुढा मगरलाई चुनिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि दूतावासका द्वितीय सचिव भरत खनालले शुभकामना मन्तव्यका क्रममा समाजले रोल्पालीहरुलाई एकीकृत गरेकोमा धन्यवाद दिए । सचिव खनालले रोल्पाबाट रोजगारीका लागि साउदी आइपुगेका रोल्पालीसँगको सहकार्यमा विभिन्न पीडितहरुको सहयोग गरेको बताए । दूतावाससँग रहेको पछिल्लो जानकारी अनुसार सडक दुर्घटनामा धेरै मृत्यु हुनेहरू रोल्पाली रहेकाले समाजले त्यसतर्फ पनि ध्यानाकर्षण गर्नुपर्छ खनालले भने,।
सचिव खनालले थपे- दूतावास न्युनतम मासिक तलब १०००+३०० का लागि कटिबद्ध छौ । यसै विषयलाई लिएर दूतावासले साउदीको विभिन्न कम्पनीहरुमा अनुगमन गरिरहेको खनालले जानकारी दिए । दूतावासले नेपाल सरकारलाई झण्डै डेढ वर्षअघि बुझाएका प्रतिवेदनका आधारमा गरेका निर्णयलाई अझै लागू गराउन नसकोकोमा सचिव खनालले दुख व्यक्त गरे । खनालले निर्णयलाई लागु गराउन संघसंस्था र श्रमिकहरुले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । पछिल्लोपटक सामाजिक सञ्जालमा फैलिएका आर्थिक लेनदेनको भिडियोको बारेमा दूतावासले अनुसन्धान गरिरहेको र चाँडै दोषीको पहिचान गरि कारबाही गर्ने खनालले जनाए ।
कार्यक्रममा दूतावास कर्मचारी हरी घिमिरे,अन्तर संस्था समन्वय समितिका अध्यक्ष कृष्ण पुरी, काभ्रे सेवा समाज अध्यक्ष जेनकुमार लामा तमुधिं का अध्यक्ष खेम गुरुङ, हेल्प मधेशीका कमल देव शाह, नेताघे साउदी पूर्वी क्षेत्रका अध्यक्ष विजय लामा, प्रवासी युवा समूहका अध्यक्ष समीर राई, एनआरएनका संस्थापक सदस्य बिरेन्द्रकुमार चौधरी, साझा मञ्च दमामका अध्यक्ष गुभाजु अन्जान, दिदि बहिनी समुहकी अध्यक्ष तुलसी माया गुरुङ्, जिफन्टका अध्यक्ष बुद्धिमान विक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञका केन्द्रिय सदस्य तथा अन्नपूर्ण रेस्टुरेन्टका प्रोपाइटर श्री यावा लिम्बु, जनप्रगतिशील मोर्चा दमामका अध्यक्ष राम थापा, फ्रेन्डस अफ नेपालका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, मगर संघका कार्यबाहक अध्यक्ष बम थापा मगर, किराँत राई यायोक्खाका कार्यबाहक अध्यक्ष सिके राई, स्याङ्जा सहयोग समाजका अध्यक्ष बालकृष्ण पंगेनी, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजका जुवेल कमिटीका सहसंयोजक उमेश विकले स्वागत मन्तव्य राखेका थिए । समाजका उपाध्यक्ष राजन खड्का सभापति रहेको कार्यक्रम महासचिव महेन्द्र घर्तीमगरले सञ्चालन गरेका थिए ।
कार्यक्रममा स्थानीय कलाकार प्रेम डिसी, धनकुमारी पुनमगर, सुन बहादुर तामाङ, समीर राई, टेकबहादुर आले, संतोष शाही, पुतली तामाङ, मञ्जु विक, श्री राई र दिदिबहिनी समूहले बेजोड प्रस्तुति दिएका थिए ।
समारोहमा सर्लाहीका सुकुम्बासी दुई बृद्धबृद्धालाई घर निर्माणका लागि जिफन्ट सहयोग समूहले संचालन गरेको अभियान अन्तर्गत झण्डै नेपाली ८० हजार रुपैयाँ संकलन गरेका छन् । उक्त आर्थिक सहयोग संकलन जिफन्ट साउदीका उपाध्यक्ष अजित राईले नेतृत्व गरेका थिए ।