केरुङबाट १५ सय अक्सिजन भित्रियो (फोटो फिचर)

सरस्वती न्याैपाने संवाददाता
रसुवा

चीन सरकारले अनुदान स्वरूप दिएको १५ सय अक्सिजन सिलिन्डर र मास्क केरुङबाट रसुवागढी नाका हुँदै नेपाल आइपुगेको छ ।


रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार जेठ १७ गते १५ सय थान अक्सिजन सिलिन्डर र मास्क बोकेका तीन वटा चिनियाँ गाडी शनिवार नेपाल आउने भनिए तापनि मङगलबार मात्र नेपाल आएको हो ।

प्रमुख भन्सार अधिकृतले भने‚ ‘मङ्गलबार चीनको समय १० बजे र नेपाली समय ८ बजेको उक्त कन्टेनर नेपाल आइपुगेको छ ।’

उक्त सामग्री स्वास्थ्य मन्त्रालयको तर्फबाट स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बुझेका छन् । चिनिया गाडीमा आएको अक्सिजन सिलिन्डर र मास्क नेपाली गाडीमा लोड भइरहेको छ । उक्त सामाग्री आज नै स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखामा पठाइने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका