‘सिजी इन्टरनेट’सेवा सुरु

सैलुङअनलाइन संवाददाता
काठमाडाैँ

सिजी कम्युनिकेसन प्रालीले आजदेखि काठमाडौँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा सुरुआत गरेको छ । यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबी समेत गरिएको छ ।

कम्पनीद्वारा आज यहाँ जारी विज्ञप्तिमा १२० एमबिपिएस गतिको ‘सिजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध हुने जनाइएको छ । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी नेट सेवाले उपभोक्ताका जीवनमा नयाँ अनुभव गराउने बताए । कम्पनीले शुरुआती चरणमा इन्टरनेट सेवा सुरु गरे पनि चाँडै नै आइपिटिभी तथा अन्य सेवा ल्याउने तयारी भएको जनाएको छ ।

विज्ञप्तिमा शुरुआती चरणमा काठमाडौँ उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने, तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा क्षेत्रमा जडान हुने र एक वर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुने उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका