लेक लागेर तिर्थालुकाे मृत्यु

रसुवा

गोसाईकुन्ड नुहाउन गएका एक तिर्थ यात्रुको बुधबार साँझ लेक लागेर मृत्यु भएको छ । रसुवाका जिल्ला प्रहरी प्रवक्ता एवम प्रहरी निरिक्षक ओम प्रकाश वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्चीका हाल मुलपानी काठमाडौं वस्ने २३ बर्षीय दिपक ढकालको मृत्यु हो ।

समुन्द्री सतहबाट १४ हजार ६ सय ८० मिटरको उचाईमा अवस्थिति गोसाईकुन्डमा नुहाउने क्रममा उनलाई लेक लागि मृत्यु भएको हो । मृतक ढकाल जनैपूर्णिमाको अवसरमा भइरहेको गोसाइकुण्ड मेलामा पुगेका थिए । उनको शव धुन्चे ल्याई काठमाडौं पठाइने बताएको प्रहरीले बताए ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका