पुडासैनी  प्रकरणः अस्मिता पक्राउ

काठमाण्डौं

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएकी अस्मिता कार्की बिहीबार पक्राउ परेकी छन् ।

नेपाल प्रहरी काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ गरेर चितवन लगेको छ । काठमाडौंमा उनलाई सञ्चारकर्मी रवि लामिछानेका मान्छेले नियन्त्रणमा लिएको बताएको छ । महिला प्रहरीको टोलीले कार्कीलाई चितवन लगेको बताएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आरोपित कार्कीलाई केही व्यक्तिबाट उद्दार गरेर चितवन ल्याइएको बताएका छन् । लामिछानेसहित आरोपित युवराज कंडेल अहिले प्रहरीको निगरानीमा छन् । आज बेलुकी वा भोलि लामिछाने र कंडेल बिरुद्ध पक्राउ पुर्जी जारी हुने प्रहरीले बताएको छ ।

आत्महत्या गर्नु अघि पुडासैनीले तीन जनाका कारण आत्महत्या गर्न बाध्य भएको आरोप भिडियोमा लगाएका छन् ।

यो पनि हेर्नुस्ः

पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका