ककनीमा २५ हजार किरिया खर्च दिइने

सैलुङअनलाइन संवाददाता
त्रिशुली, नुवाकोट

नुवाकोटको ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई किरिया खर्च विपत् २५ हजार रुपैयाँ र सङ्क्रमितलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गाउँ कार्यपालिकाको बुधवारको बैठकले कोरोना रोगबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई स्थानीय सरकारको तर्फबाट किरिया खर्च बापत २५ हजार रुपैयाँ दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।


ककनी गापामा पछिल्लो एक साताको अवधिमा कोरोना रोगबाट तीन जनाको निधन भएको र सङ्क्रमितको दर अनपेक्षित रूपमा बढेसँगै रोकथामका लागि आवश्यक सबै कदम चाल्न लागिएको उपाध्यक्ष सीता खतिवडाले बताइन् ।

गाउँपालिकाले ३१ शय्याको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गरेर चौबिसै घण्टा चिकित्सकसहितको जनशक्ति र अक्सिजनसहितको स्वास्थ्य उपचार सेवाको प्रबन्ध मिलाएको छ ।

काठमाडौँ उपत्यकाको फोहोर विसर्जन प्रभावित क्षेत्रका बासिन्दाको काठमाडौँ महानगरपालिका मार्फत परीक्षण गराएका कारण ककनीभित्रै बसोबास गर्ने तीन सयभन्दा बढीलाई सङ्क्रमण देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । हाल पालिकामा सङ्क्रमितको सङ्ख्या ७३ छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका