सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या बढ्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
कैलाली

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेभन्दा निको हुने संख्यामा वृद्धि भएको छ । सो अबधिमा एक हजार ३२८ संक्रमित घर फर्किएका छन् भने ३२८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार प्रदेशमा आज कैलाली, कञ्चनपुर र बझाङ जिल्लाका गरी चार सङ्क्रमितको मृत्यु भएको छ । यो समेत हालसम्म मृतकका संख्या ५१६ जना पुगेको छ । प्रदेशको जनसंख्या २५लाख ५२ हजार ५१७ मध्ये आज सम्म दुई लाख ३४ हजार ६३२जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ ।

प्रदेशका विभिन्न १२ अस्पतालका भेन्टिलेटरमा आठ, सघन उपचार कक्षमा १४ र कोभिड वार्डमा ३६ बिरामी उपचाररत् छन् । कोरोना भाइरसका सक्रिय संक्रमित पछिल्ला दिनमा घट्दै गएका छन् । एक हप्ता अघिसम्म प्रदेशमा दश हजार ५२ जना सक्रिय संक्रमित रहेकोमा आज यो संख्या घटेर पाँच हजार २७३ पुगेको छ ।

दोस्रो लहरको कारोना भाइरस फैलिदेखि यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ संक्रमित थपिएका थिए । साथै सबै भन्दा बढी ३१ जना संक्रमितको मृत्यु भएको थियो । यसै बीच कैलाली जिल्लामा स्थानीय प्रशासनद्वा जारी निषेधाज्ञाको अबधि यही जेठ ३१ सम्म थपिएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका