`सबै खाले विभेदको अन्त्य र पूर्ण संघीयताको सुनिश्चितता, भ्रष्टाचारमुक्त समृद्धि नेपाल निर्माण हाम्रो प्रतिबद्धता´ भन्ने मूल नारको साथ राष्ट्रिय जनमुक्ति पार्टी प्रबास शाखा जनमुक्ति मञ्च साउदी अरबले दोस्रो अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशन दमामस्थित रोज रेस्टुरेन्टमा अगष्ट १२ तारिख सोमबार सम्पन्न गरेको हो । उक्त अधिवेशनबाट दुर्गा बहादुर आलेको अध्यक्षतामा ३८ कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिका बरिस्ठ उपाध्यक्ष प्रेम घटान मगर, उपाध्यक्ष टेक राना मगर, उपाध्यक्ष चुन बहादुर मगर, महासचिव बबिन थापा, सचिव इमान सिंग थापा, कोषाध्यक्ष डम्बर आले मगर, प्रवक्ता टेक बहादुर नेपाली, सहकोषाध्यक्ष रेशम पुन मगर रहेका छन् ।
त्यसैगरी केन्द्रीय सदस्यहरुमा क्रमशः मनु रूचाल मगर, नरु थापा, धन झाकरी, चेत बहादुर सुनार, चक्र पुन मगर, सुनोद थापा, प्रेम तामाङ, चन्द्र बुढा मगर, लक्ष्मी तामाङ, प्रेम बहादुर विक, बुद्धि बहादुर दर्लामी, शिव थापा मगर, मदन राना मगर, सूर्य पाटा मगर, तिर्थ आले मगर र सिलेण्डर दिस्वा मगर रहेका छन् ।
मञ्चको संरक्षकमा ओमन दर्लामी मगर, बरिस्ठ सल्लाहकार खिम गर्वुजा मगर, र सल्लाहकार बम बहादुर थापा मगरलाई सुनिएका छन् ।
जनमुक्ति मञ्चका अल्हासा एरियाका प्रमुख तोपेन गाहा मगर, उपप्रमुख हेम कुमार राई, जेद्दा प्रमुख बिरेन मगर र हाएल एरिया प्रमुख भिम बहादुर आलेलाई तोकिएको छ ।
निर्वाचन समितिका संयोजक बरिस्ठ सल्लाहकार खिम गर्वुजा मगर र सल्लाहकार बम बहादुर थापा मगर रहेका थिए । निवर्तमान अध्यक्ष ओमान दर्लामी मगर सभापतिरहेको कार्यक्रम उपाध्यक्ष टेक राना मगरले सञ्चालन गरेका थिए । सचिव इमान सिंह थापा स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमका अतिथि जिफन्ट सहयोग समूह साउदी अरबका अध्यक्ष बुद्धिमान विकले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए । विकले पार्टीका प्रवास भातृ संगठनले श्रमिक हरुको हकअधिकारको पक्षमा लड्नुपर्ने बताए ।