पुडासैनी प्रकरणः रवि र युवराज पक्राउ

काठमाण्डौं

सञ्चारकर्मी रवि लामिछाने र पत्रकार युवराज कँडेललाई प्रहरीले पक्राउ गरेका छन् । बिहीबार दिउँसो शालिकराम पुडासैनी आत्महत्याकाण्डमा अस्मिता कार्की पक्राउ परेको केही समयमै उनीहरूलाई पनि पक्राउ गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई चितवन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

बुधबार आत्महत्या गर्नु अघि पुडासैनीले तीन जनाका कारण आत्महत्या गर्न बाध्य भएको आरोप भिडियोमा सार्वजानिक भएपछि प्रहरीलाई पक्राउ गरी अनुसन्धान गर्न दवाब परेको थियो ।

यो पनि हेर्नुस्ः

पुडासैनी  प्रकरणः अस्मिता पक्राउ

पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक 

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका