जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको सुविधाको लागि नेपाल टेलिकमको सहयोगमा मोबाइल चार्ज गर्ने चार्ज बक्स फागुन ५ गतेबाट स्थापना गरी सेवा प्रवाह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवाहरुमा शान्ति सुरक्षा तथा सुव्यवस्था सम्बन्धि कार्य, स्थानीय प्रशासन सम्बन्धि कार्य, राहदानी सम्बन्धि कार्य, नागरिकता, विपद व्यवस्थापन सम्बन्धि, अर्धन्यायिक कार्य, बजार अनुगमन, उपभोक्ता हित, अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धि कार्य र विविध कार्यहरु भइरहेको बताए । यस कार्यमा आउने सेवाग्राहीका लागि चार्ज बक्सले सहयोग पुग्ने उनले बताए ।
प्रजिअ पौडेलले दिएको जानकारी अनुसार कार्यालयबाट स्वास्थ्य सुविधासहितको सार्वजनिक सेवा, हटलाइन सेवा, सेवाग्राहीहरुका लागि फ्रि वाइफाइ, शुद्ध खानेपानी चियाको सुविधा, स्तनपान कक्ष, सुविधायुक्त प्रतिक्षालय पाँच वटा गाउँपालिकको पहिचानसहितको स्तम्भ निर्माण भइरहेको छ । कार्यालयका गतिविधिहरु वेभसाइड, फेसबुक पेज, ट्वीटर, एसएमएसमार्फत नियमित रुपमा अद्यावधिक गरिरहेको सिसि क्यामरा जडान, सबै सरकारी कार्यालयहरुमा अग्नि नियन्त्रक यन्त्र जडान, हेल्प डेक्ट र चार्ज बक्स स्थापना लगायत थुप्रै कामहरु कार्यान्वयन भएको बताए ।