रविले भ्रष्टाचारी नेताहरूलाई देखाए माझी औँला

सैलुङअनलाइन संवाददाता
काठमाडाैँ

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि अहिले विभिन्न देशमा लकडाउन भइरहेको अवस्था छ । यसको असरले नेपाल पनि अछुतो हुन सकिरहेको छैन ।

लकडाउनका कारण अहिले समाज प्रत्यक्ष असर पनि परिरहेको अवस्था छ । विश्वकै स्वास्थ्य अर्थतन्त्र क्षेत्र लगायतका क्षेत्रहरू डामाडोल भएको अवस्था छ । यो सँगै देशमा विद्यमान विभिन्न नकारात्मक असरका कारण जनताले धेरै दुःख कष्टको सामना गर्नु परिरहेको छ । यस्तै अवस्था रहेमा देशमा ठुलै सङ्कट आउँछ भन्ने पनि विज्ञको भनाई छ । रोगले मार्ने त एकातिर छँदैछ भने अर्को तिर भोकले पनि मर्ने अवस्था आईरहेको छ ।


देशमा भइरहेको भ्रष्टाचार, लेनदेन, आर्थिक क्रियाकलाप, डामाडोल अर्थतन्त्र, महँगी, बिग्रिएको राजनीतिक अवस्थालाई व्यङ्ग्य गर्दै लोकप्रिय गायक रवि रिमालको स्वर रहेको ‘नेताज्यु तिमीलाई माझी औँला’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा उनलाई आयुस प्रतीक अधिकारीले साथ दिएका छन् ।

गायक रिमालकै शब्द, सङ्गीत, सङ्गीत संयोजन र मिक्सिङ मास्टरिङ्ग रहेको छ । सधैँ जसो रोमान्टिक र डान्सिङ गीत गाएर दर्शक श्रोतालाई मनोरञ्जन दिँदै आएका गायक रवि रिमालले यसपालि केही फरक प्रस्तुति सहित देखा परेका छन् ।

गीतमा रोग, भोक अनि शोकमा डुबेका तीन करोड नेपालीमा समर्पित जनताको रगत चुसेर ढाडिएका जुका रुपी नेता भनाउँदाहरूले प्रति लक्षित रहेको र सम्पूर्ण नेपालीहरूको सामूहिक आवाज रहेको गायक रिमालले बताए । सुमन कुमार श्रेष्ठको छायाँकन रहेको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका