नाै हजार भक्तजन गोसाइँकुण्डमा

नेपाली सेनाले गरे उल्लेखनीय सहयोग

रसुवा
फाइल तस्वीर

तस्वीर फाइल

हरेक वर्ष लाग्ने गोसाईकुण्ड जनैपूर्णिमा मेला भर्न यस पटक नौ हजार एक सय ९१ जना भक्त जनहरु आएका छन् । नेपाली सेना कालिजंग गण रसुवाका प्रमुख सेनानी सबेन्द्र नगरकोटीका अनुसार साउन २० गते नागपञ्चमीदेखि सुरु भएको जनैपूर्णिमा मेला लागेको र २५ गतेबाट उल्लेखनीय भक्तजनहरु आएको बताए ।

राजधानी काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र रसुवा लगायतबाट मेलामा चोलाङपाटी, कुटुमासाङ, उर्लेली हुँदै गोसाईकुण्ड स्नान गर्न नौ हजार एक सय ९१ जना महिला/पुरुष र विदेशी २४ जना महिला/पुरुषले दर्शन गरेका छन् । सो अवधिमा नेपाली सेनाले स्वस्थ्य शिविर समेत सञ्चालन गरी तीन सय ५७ महिला र एक हजार आठ जना पुरुषको उपचार लगायत विभिन्न स्वास्थ्य सम्बन्धि जानकारी प्रदान गरेका थिए । साथै लेक लाग्ने हिड्न नसक्नेहरुलाई नेपाली सेनाले सहयोग गर्ने कार्य समेत मेला अवधि भर अहोरात्र खटिएको थियो ।

त्रिशुली नदिको उदगमस्थल त्रिशुल धारा, गोसाईकुण्डका १ सय ८ कुण्डहरु अमरसिंह गुफा लगायत ऐतिहासिक भौगोलिक, धार्मिक तथा प्राकृतिक महत्व बोकेको गोसाईकुण्ड क्षेत्रको भ्रमण गर्दा वन्यजन्तु, चराचुरुङगी, पतली जडिबुटी, गुम्बा, धार्मिक ठाउँ, विभिन्न सांस्कृति भेषभुषा र ज्ञान गुणका कुराहरु जानकारी पाउन सकिने भएकाले यस क्षेत्रको महत्व निकै महिमा रहेको छ ।

रसुवा, नुवाकोट, सिन्धुपाल्चोक भएर तीन तिरबाट गोसाईकुण्ड पुग्न सकिन्छ । काठमाण्डौबाट १ सय १७ किलो मिटर झण्डै नौ घण्टा बसको यात्रा गरी धुन्चे बास बसेर भोलिपल्ट चन्दनबारी, लौरिविना हुँदै गोसाईकुण्ड पुग्न सकिन्छ ।

गोसाईकुण्डमा वर्षेनी २ पटक मेला लाग्ने गर्छ । गंगा दशहरा मेला र जनैपूर्णिमा मेलामा टाडा–टाडाबाट भत्तजनहरु आउने गर्छन । गोसाईकुण्डको अनुकम्पाले हिन्दु मात्र नभई बौद्ध र बोन (बम्बो झाक्री) धर्मका अनुयायीहरु विशेषगरी तामाङ जातीले यो कुण्डलाई असाध्य मान्ने गर्छन् । यस कुण्डमा स्नान गरेपछि दुःख, विरामी, ग्रह दशा टर्ने, मनले चिताएको पुग्ने जन विश्वास छ । गोसाईकुण्ड विश्व रामसार सुचीमा सुचिकृत हिमताल हो ।

धार्मिक सांस्कृतिक, जैविक विविधता संगसगै प्राकृतिक रुपमा सुन्दर देखिने डाँडापाखा, वनजंगल, सिमसार, जंगली तथा घरेलु पशुपक्षीहरुको पनि संरक्षण गर्नुपर्ने देखिन्छ । यस कुण्डमा जिवनमा एक पटक पुग्ने पर्ने धार्मिक स्थल हो । यात्रुहरुको सहजताका लागी नेपाली सेना कालिजंग गण नेपाल प्रहरी, ससश्त्र प्रहरी, नेपाल स्काउट सक्षम सोसाईटी, पाटन अस्पतालले ठाउँ ठाउँमा स्वास्थ्य शिविर लगायत स्वयंमसेवक र सुरक्षा प्रदान गरेको गोसाईकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया