‘इकुपिताङ’ मा इकु

सैलुङअनलाइन संवाददाता
काठमाडाैँ

बालबालिकादेखि वृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्यश्रृखला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानो पर्दामा देख्न पाउने भएका हुन् ।

‘इकु’को भूमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शङ्कर ‘इकु’ले श्रृखला ‘इकुपिताङ’ बनाएका हुन् । श्रृखलाको कथा, निर्देशक समेत सुलेमानकै रहेको छ । ‘इकु’को भूमिकामा पनि उनी आफै देखिनेछन् ।

श्रृखलामा सुलेमानको अलवा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शङ्कर, बाल कलाकार कुशल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय रहेको छ ।

योगेश उपाध्यायको सङ्गीत र विनय कार्कीको गीत श्रृखलामा समेटिएको छ ।

हुन त केही अगाडि निर्देशक मरीचमान श्रेष्ठ र राजु पौडेलले आफ्नो श्रृखला ‘हल्का रमाइलो’को केही भागमा ‘इकु’लाई प्रस्तुत गरेका थिए । शृङ्खलामा केही भेराइटी दिन ‘इकु’ पात्र समेटिएको बताइएको ‘हल्ला रमाइलो’मा अहिले भने ‘इकु’को कथा सकिएको छ ।

ग्लोबल टिभी एचडी र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्लोबल टिभी एचडिबाट असारको दोस्रो साताबाट प्रसारण हुनेछ । ‘मेरी वास्सै’पछि सुलेमानले ‘इकु’लाई फिल्ममा प्रस्तुत गर्दा समेत दर्शकले मनपाराएका थिए ।


दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि टेलिभिजनको पर्दामा देखिन लाख्दा निकै खुसी लागेको सुलेमानले बताए । ‘फेरि एक पटक ‘इकु’ टेलिभिजनको पर्दामा हेर्न पाए हुन्थ्यो भनेर देश विदेशका कार्यक्रममा जाँदा दर्शकले सधैँ भन्न्थ्यो’ सुलेमानले भने, ‘दर्शकको चाहना अनुसार नै ‘इकुपिताङ’ निर्माण भएको छ ।’

‘पहिले बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थपे ‘अहिलेको पुस्तामाझ पनि ‘इकु’ चरित्र जिवित राख्ने चाहना मेरो थियो । त्यसैले पनि ‘इकुपिताङ’ जन्मियो ।’ पहिले झैँ जङ्गली पात्रको रूपमा ‘इकु’लाई फरक ढङ्गले प्रस्तुत गरिने सुलेमानको भनाई रहेको छ ।

राजु पौडेल र मदन महर्जनको छायाङ्कन र रविन बजगाईँको सम्पादन रहेको श्रृखला असार दोस्रो साताबाट प्रसारणमा आउनेछ सुलेमानले बताए । श्रृखलाको प्रोमो अहिले सार्वजनिक गरिएको छ । जुन हेर्न निकै आकर्षक छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका