बहुल राष्ट्रिय राज्यको पक्षमा सार्वजनिक आह्वान

सैलुङअनलाइन संवाददाता
काठमाडाैँ

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले बोलेको बहुल राष्ट्रिय राज्यको पक्षमा सार्वजनिक आह्वान गरेको छ ।

करिब ८१ जनाद्वारा आह्वान गरिएको विज्ञप्तिमा मन्त्री महतोले ‘बहुल राष्ट्रिय राज्य निर्माण गरिनु पर्दछ’ भन्ने अभिव्यक्ति जायज रहेको बताएका छन् । उनीहरूले भनिएका छन्‚ ‘जायज अभिव्यक्तिप्रति उच्च हिन्दु वर्ण अहङ्कार तथा औपनिवेशिक मानसिकता बोकेका केही राजनीतिक पार्टीका नेताहरूले विज्ञप्ति निकाली नेपाल राज्य निर्माण भएदेखि नै एकल राष्ट्रिय राज्य मार्फत कायम राखिएको एकल जातीय नस्लवादी हैकमवाद तथा औपनिवेशिक राज्यसत्ताबाट मुक्त हुनको लागि नेपालका भुमिपुत्र रपुत्री आदिवासी नेशनहरुले लामो समयदेखि उठाइरहेको बहुल राष्ट्रिय राज्यको मागलाई अर्नगलरुपमा राज्य विखण्डनसँग जोडी आरोपित गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

‘अङ्ग्रेजी ‘नेसन’ शब्द ल्याटिन ‘नेट’ शब्दबाट आएको हो जसको अर्थ जन्मको आधारमा भन्ने हुन्छ । नेसनको नेपाली अनुवाद राष्ट्र जाति भन्ने हुन्छ । साझा वंश, इतिहास, संस्कृति, भाषा र साझा क्षेत्र वा भूगोलमा आवाद गरेका जनताहरूको समूहलाई राष्ट्र भनिन्छ । नेपालको जनगणना २०६८ ले नेपालमा १२५ भन्दा बढी राष्ट्र जातिहरू रहेको उल्लेख गरेको छ । तर पृथ्वीनारायण शाहको गोर्खा साम्राज्य विस्तार भएपछि सैन्य बल प्रयोग गरेर यहाँका बहुलराष्ट्रहरुमाथि इन्थोसाइट (जातिय संहार) मार्फत एकलराष्टिय राज्य बनाउने काम भयो । गोर्खालीहरूको यस्तो एकल राष्ट्रिय राज्य गणतन्त्रमा पनि कायम रहनु भनेको आन्तरिक औपनिवेशिकता हो’ उनीहरूले विज्ञप्तिमा भनिएको छ ।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको परिवेशमा पनि यहाँका बहुलराष्ट्रहरु माथि पहाडी हिन्दु उच्च जातिय औपनिवेशिकतामा आधारित राज्यसत्ता थोपर्ने कार्य कदापि स्वीकार्य छैन । यस्तो औपनिवेशिक गणतन्त्रविरुद्ध बहुल राष्ट्रिय लोकतन्त्रमा आधारित बहुल राष्ट्रिय राज्यको लागी राष्ट्रिय मुक्ति क्रान्तिमा होमिन तमाम राज्यविहीन राष्ट्रहरूलाई एक हुन आह्वान गरेका छन् ।

आह्वानमा पूर्वमन्त्री डा केशवमान शाक्य, पूर्वमन्त्री शिवलाल थापा, पूर्वराजदुत डा गणेश योन्जन, नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोल लगायत ८१ जना बहुल राष्ट्रियको पक्षमा उभिएका छन् । 


मन्त्री महतोले के भने ?

मन्‍त्री महतोले एक अनलाइनलार्इ अन्तरवार्ता दिदै बहुल राष्ट्रियको कुरा उठाएको थियो । सोही अभिव्यक्तिको चर्को बिरोधपछि मन्त्री महतोले अभिव्यक्ति सच्याइयो भने पनि उनी अझै अडिग नै छन् ।

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले आयोजना गरेको स्वागतमा उनले त्यही कुरा दोहोर्‍याए । ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि ।’ उपप्रधानमन्त्री महतोले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’ यसमा विवाद गर्नुको कुनै अर्थ छैन,उनले  भने ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका