मोरङसुनसरी समाज ओमानको अध्यक्षमा पार्वती

सैलुङअनलाइन संवाददाता
ओमान

मोरङसुनसरी सेवा समाज ओमानको अध्यक्षमा पार्वती श्रेष्ठ चयन भएकी छिन् । श्रेष्ठ समाजको प्रथम साधारणसभाबाट अध्यक्षमा चयन भएकी हुन् ।

समाजका कार्यसमितिमा उपाध्यक्ष शिव कार्की, सचिव दिपक तिम्सिना, सहसचिव ऋषिराम दहाल कोषाध्क्ष तुलसा न्यौपालने, सहकोषाध्यक्ष अस्मिता रोक्का रहेका छन् ।


त्यसैगरी सदस्यहरु क्रमश पदम सिवा, रामचन्द्र मेहता, ज्योति म्याङमो लिम्बु, सीमा भूजेल, मिना बर्देवा, शारदा पौडेल, रजनी श्रेष्ठ, शारदा पौडेल, मनु चौधरी, अस्मिता रोक्का, दशरथ ढुंगाना, कृष्ण धिमाल र टेकेन्द्र राई चयन भएको छ । त्यस्तै समाजका सल्लाहकारहरुमा लिलानाथ कोइराला, दिल रोक्का, जीवन कार्की, गीता थापा, भिम निरौला रहेका छ्न ।

भर्चुअल कार्यक्रमका प्रमुख अतिथि ओमानका लागी नेपाली दूतावासकी शर्मिला पराजुली(ढकाल) रहेकी थिइन् । राजदूत शर्मिलाले नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिदै समाजले गर्ने कार्यहरूमा सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन् ।

कार्यक्रमका सभापति लिलानाथ कोइरालाले संस्था पुरानो भएपनि विविध कारण ओमानमा अलि ढिला स्थापना भएको बताए । भर्चुअल कार्यक्रमलाई दिल रोक्काले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका