शुल्क भुक्तानी अब इसेवाबाटै, लाइनको बाध्यता हट्यो


अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा सन्चालन गर्दै आएको आईईएलटिएस ९क्ष्भ्ीत्क्० परिक्षाको शुल्कको भुक्तानि अबदेखि इसेवा मार्फत गर्न सकिने भएको छ ।

अनलाइन भुक्तानीसम्बन्धि सम्झौतापत्रमा आईडीपी आईइएलटिएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रा.लि.का प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भयो । आईडीपी आईईएलटिएसका नेपाल प्रमुख कविर खड्गीले यस व्यवस्थाले परिक्षाथीहरुलाई शुल्क भुक्तान गर्न बैक गएर लाईनमा उभिने झन्झ्टबाट छुट्कारा दिदै समग्र रजिष्ट्रेसन प्रक्रियामा सहजता ल्याउनेछ भन्ने उनले विश्वास प्रकट गरे ।

बिस्वभरिका ६० वटा भन्दा धेरै देशहरुमा आईईएलटिएस परिक्षा सञ्चालन गर्दै आएको आईडीपीले नेपालमा काठमाडौं लगायत पोखरा,  चितवन,  बुटवल, बिराटनगर र बिर्तामोडमा परिक्षा सन्चालन गर्दछ । १९,५०० रुपैयाँ परिक्षा शुल्क इसेवाको मोबाईल एप, वेवसाईट वा कुनैपनि नजिकैको इसेवा जोन पोइन्टमा गइ भुक्तानी गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका