ओपीएस इन्टर स्कुल फ्रेन्सीप क्वीज कन्टेस्ट सम्पन्न

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

ओपीएस इन्टर स्कुल फ्रेन्सीप क्वीज कन्टेस्ट २०७६ सम्पन्न भएको छ । अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर काठमाडौंले आयोजना गरेको क्वीज कन्टेस्टमा उपत्यकाका २१ वटा विद्यालयहरुले सहभागिता जनाए थिए ।

प्रतियोगितामा वृहस्पति विद्या सदन प्रथम, ह्विज किड्स माध्यामिक विद्यालय दोस्रो, के.एम.सी माध्यामिक विद्यालय तेस्रो र व्राइट फ्युचर स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । विजयी विद्यालयहरुले क्रमशः रु २०,०००, रु १०,०००, रु ८,००० र रु २,००० नगदसहित शिल्ड, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

विद्यालयका निर्देशक डी.बी. निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सिद्धिप्रसाद कोइराला तथा सदस्य वरिष्ठ कलाकार मदनदास श्रेष्ठको उपस्थिति रहेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया