रतनपुरलाई स्वास्थ्य सामग्री वितरण 

सैलुङअनलाइन संवाददाता
निजगढ

निजगढका मेयर सुरेशकुमार खनाल र काँग्रेस नेता पेमासिद्धि लामाले निजगढको रतनपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहित विभिन्न उपकरणहरू वितरण गरिएको छ ।

काँग्रेसका महाधिवेशन प्रतिनिधिद्वय खनाल र लामाले अक्सिजन कन्सनट्रेटर, स्यानिटाइजर,मास्क,अक्सीमिटर वितरण गरिएको हो ।

वडा नम्बर ११ का वडाध्यक्ष प्रेमबहादुर रुम्बा र स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक दिनेश परियारलाई उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो । नेपाल चिकित्सक संघको सहयोगमा प्राप्त १ थान अक्सिजन कन्सनट्रेटर,५ थान अक्सीमीटर,५ हजार थान सर्जिकल मास्क र १० लिटर स्यानिटाइजर स्वास्थ्य चौकीलाई वितरण गरिएको हो । कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि नगर प्रमुखको हैसियतले नगरपालिका मार्फत विभिन्न योजनाबद्ध कामहरू गर्दै आएको भए पनि व्यक्तिगत तर्फबाट पनि नागरिकको स्वास्थ्य सुरक्षाको लागि आफूले पहल गरेको मेयर खनालले बताए ।

मेयर खनालले नगरवासीको स्वास्थ्य सुरक्षाको लागि आफूले नगरपालिका र व्यक्तिगत तर्फबाट समेत थप योजना बनाएर अघि बढ्ने बताए ।

त्यसै गरी काँग्रेस नेता लामाले आफूले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढे लगत्तै नगर क्षेत्रमा कोरोना सङ्क्रमणबाट नागरिकको स्वास्थ्य सुरक्षाको लागि विभिन्न पहल गर्दै आइरहेको जनाए । कोरोनाविरुद्धको खोप खरिदका लागि नगरपालिकालाई आफूले दिएको सुझावलाई सकारात्मक मान्दै मेयर खनालले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयमा गरिएको अनुरोध नगरवासीको हितमा रहेको बताए ।

नगरपालिका मातहतका स्वास्थ्यकर्मीहरूलाई कोरोना भाइरस सङ्क्रमणबाट जोगिनको लागि आवश्यक स्वास्थ्य सामग्रीको अभाव नहोस् भन्ने उद्देश्य अनुरूप नेपाल चिकित्सक  सङ्घसँग समन्वय गर्दै रतनपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री र उपकरणहरू वितरण गरिएको लामाले बताए ।

कार्यक्रममा काँग्रेस निजगढका उपसभापति नवराज तिमल्सिना,नेपाल सांस्कृतिक सङ्घ बाराका सभापति भाइकाजी श्रेष्ठ,नेपाली काँग्रेस वडा नम्बर ११ का सभापति ऋषि कटुवाल लगायतको सहभागिता रहेको नेपाली काँग्रेस निजगढका सचिव आशिष तामाङले बताए ।


काँग्रेसका अर्का महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीले पनि रतनपुर स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सुरक्षा सामाग्री र औषधिहरू वितरण गरिएको थियो । नेता बुढाथोकीले वीरगन्जका पशुपति खन्डेवालबाट प्राप्त विभिन्न स्वास्थ्य सामग्रीहरु मास्क,स्यानिटाइजर र विभिन्न औषधिहरू वितरण गरिएको हो । नेता बुढाथोकीले यसअघि पुरानो निजगढस्थित स्वास्थ्य चौकीलाई पनि स्वास्थ्य सुरक्षा सामाग्री र उपकरणहरू वितरण गरिएको थियो ।

त्यसैगरी काँग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले पनि निजगढ नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर,अक्सिमिटर,मास्क,स्यानिटाइजर लगायतको स्वास्थ्य सामग्री र उपकरणहरू वितरण गरिएको थियो ।

काँग्रेसका नेता रमेश दंगालले एक थान अक्सिजन कन्सन्‍ट्रेटर वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका