बेलायतले भन्यो– कोभिडको तेस्रो लहर आउन सक्छ

सैलुङअनलाइन संवाददाता
लन्डन
तस्विर : फाइल्

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढ्दै गएको बताइएको छ । जनसङ्ख्याको करिब २७९ प्रतिशतलाई कोरोना परीक्षण गरिसक्दा पनि बेलायतमा सङ्क्रमण दर बढेको देखिएको छ । हाल बेलायतको जनसङ्ख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

सरकारको सल्लाहकार समेत रहेका एक जना वैज्ञानिकका अनुसार यसै क्रममा बढ्दै जाने हो भने बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएको छ ।

ब्रिटिस प्रजातिका नयाँ सङ्क्रमित थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएको हो ।

बेलायतमा गत २४ घण्टामा ६ हजार ४९ जना कोरोना सङ्क्रमित भेटिएका छन् । बेलायतमा देखा परिरहेका सङक्रमितहरुको सङ्ख्या थोरै देखिए तापनि बेलायतकै दरमा भारतमा यसै गरी सङ्क्रमित भेटिने हो भने एक दिनमा करिब १ लाख ४० हजार हुन्छ ।

यसै गरी विश्वका अन्य मुलुक ब्राजिलमा २१ हजार ३९० जनामा, अमेरिकामा ३३ हजार २०० जनामा, नेपालमा ३ हजार जनामा, नाइजेरियामा २१ हजार ११० जनामा, अस्ट्रेलियामा २ हजार ५७८ जनामा दैनिक रूपमा कोरोना सङ्क्रमण देखिनु हो ।


करिब करिब कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिएको बेलायतमा हाल देखा परेको यस सङ्क्रमण दरले विश्वलाई हेर्ने हो भने एक दिनमा कोरोना सङ्क्रमण सङ्ख्या ७ लाख ८७ हजार १४५ जना हुने देखाउँछ ।

प्राध्यापक गुप्ताका अनुसार बेलायतमा देखिएका कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी सङ्ख्या पनि धेरै नै हुँदै जानेछन् ।सुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो सङ्ख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ– उनले भनिएको छ ।

बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोभिड १९ को ब्रिटिस भेरिएन्टलाई निकै खतरानाक भनिएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका