जनप्रगतिशील मंच र प्रवासी मंच साउदीद्वारा राजदूतको बिदाइ

राजदूतको पहलमा न्यूनतम मासिक तलब १०००+३०० साउदी रियाल

सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

नेपाली जनप्रगतिशील मंच र प्रवासी नेपाली मंच साउदी अरबले नेपाली राजदूत प्राडा.महेन्द्रप्रसाद सिंह राजपुतलाई बिदाई गरेको छ ।

चार बर्षे कार्यकाल सकेर नेपाल फर्किने क्रममा रहेका राजदूत प्राडा.राजपुतलाई दुवै संगठनले मंगलबार बिदाई गरेको हो । जनप्रगतिशील मंच साउदी माओवादी केन्द्रका प्रवास संगठन हो भने प्रवासी नेपाली मंच साउदी एमाले माधव पक्षका संगठन हुन् ।

उक्त संगठनहरुले राजदूत प्राडा.राजपुतको निवास पुगेर संयुक्त बिदाई गरेको थियो । उनलाई बिदाई कार्यक्रममा संगठनहरुले दोसल्ला ओढाएर सम्मानपत्र सहित मायाको चिनो हस्तान्तरण गरेको थियो ।

बिदाइ कार्यक्रममा राजदूत प्राडा.राजपुतले दुवै संगठनलाई बृहत कार्यक्रमको आयोजना गरि बिदाई गरेकोमा धन्यवाद दिए । उनले साउदी आउदा गरेका बाँचाहरु कोरोनाका कारण आफ्ना कार्यकालमा पुर्ण रुपमा पूरा हुन नसके पनि एउटा परिणाम आउने गरेर काम गरेको बताए । ` यहाँका हरेक नेपाली संघ संस्थाहरुको साथ सहयोगले नै यी सबै उपलब्धिहरु भएको हो ´ राजदूतले भने ।

राजदूत प्राडा.राजपुतले आफुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीगत नभएर नेपाली झन्डा बोकाएर मरुभूमिका नेपालीहरुको समस्या बुझ्न पठाएको बताए । उनले थपे ` आफुबाट कुनै पनि बदनाम हुने काम नभएको र सुरुका दिनमा केही असहज भएपनि जनप्रगतिशील मंचको सल्लाह सुझाब र सहयोग साथै यहाँका विभिन्न संघसंस्था सामाजिक अभियानन्ताहरुको
साथले गर्दा काम गर्न अझ सहजीकरण भयो ।´

कार्यक्रममा जनप्रगतिशील मंचका सचिव रामचन्द्र वाग्ले बिदाइ तथा शुभकामना मन्तव्यका क्रममा राजदूत प्राडा.राजपुत साउदीमा रहेका संघसंगठनक तथा श्रमिकबीच राम्रो सम्बन्ध भएको बताए । सचिव वाग्लेका अनुसार राजदूत मजदुरहरुको समस्या नजिकबाट बुझेर समाधान गर्नेमध्येमा पर्छन् ।

राजदूत प्राडा.राजपुत सिमित श्रोत र साधनको उपयोग गरि विभिन्न क्षेत्रहरुमा सेव सुबिधा वृद्धि गर्न सफल भएको सचिव वाग्लेको भनाइ थियो । सचिव वाग्ले थपे ` दुई देशको सम्बन्ध सुदृढ र सुधार गर्दै साउदी नागरिकसम्म नेपाल चिनाउन सफल उहाँको कार्यकाल तारिफ योग्य रहेको छ ।´ यहाँ रहेका नेपाली समुदायले पनि त्य महसुस गरिरहेको मंचका सचिव वाग्लेले बताए ।


त्यसैगरी प्रवासी नेपाली मन्चका महासचिव बिमल गौतमले मन्तव्यमा क्रममा साउदीमा विभिन्न मुद्दाहरुमा जेलजीवन बिताइरहेका तथा मृत्युदणड पाएका नेपालीहरुलाई कुटनैतिक पहलमा आममाफी दिलाउन सफल भएकोमा राजदूत प्राडा.राजपुतको कार्यकाल तारिफ योग भएको बताए । उनले थपे ` विभिन्न दुर्घटनामा परि मृत्यु भएकाहरुको ब्लड मनि परिवालाई नेपाल पठाउनका साथै पीडित नेपालीलाई ठगी गर्ने आफ्ना कर्मचारीलाई कारबाही र साउदीमा कार्यमा नेपालीहरुको न्यूनतम मासिक तलब १०००+३०० रियाल लगायत अन्य कार्यहरू उहाँको कार्यकाल तारिफ योग्य छ ।´

प्रबासी नेपाली मंचका अध्यक्ष राजु खनाल र महासचिव बिमल गौतम ` रियाद काठमाडौ वा जनकपुर जहाँ रहे पनि सम्झना रहिरहोस महाहिम ज्यु जति टाढा भएपनि ´ नामक शीर्षक कविता बाचन गरेको थियोे ।

प्राडा.राजपुत सन् २०१७ जुन ८ तारिख साउदीका लागि नेपाली राजदूत नियुक्त भएर आएका थिए । प्राडा.राजपुत माओवादी केन्द्रको सिफारिसमा राजदूत भएका थिए । प्राडा.राजपुत यसै हप्ता नेपाल फर्किने तरखरमा छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका