पाँचपोखरी हाफ म्याराथनको बिजेता बन्यो कुलुङ

सैलुङअनलाइन संवाददाता
0 Shares
सिन्धुपाल्चोक, पाँचपोखारी

तेस्रो पाँचपोखारी हाफ म्याराथन २०१९ मा सोलुखुम्बुको सुमन कुलुङ बिजेता बनेको छ । उनले पाँचपोखरीदेखि रैथानेसम्मको २१ किलोमिटर दुरीको हाफ म्याराथान २ घण्टा ३ मिनेटमा पूरा गरी बिजेता बनेका हुन् । उनले लगातार यस म्याराथनमा भाग लिदै आइरहेका छन्।

पर्यटन बिकास समिति र खेलकुद बिकास समिति पाँचपोखरीद्वारा बिहीवार आयोजित हाफ म्याराथनमा पूर्बमन्त्री शेरबहादुर तामाङ, प्रदेश ३ का सामाजिक बिकासमन्त्री युवराज दुलाल, बिदेशीसहित १ सय ५४ जनाले भाग लिएक थिए ।

त्यसैगरी दोस्रो स्थान दुर्गा बुढा मगर, तेस्रो खगेन्द्र रानाभाट, चौथो प्रकाश कयास्था र पाँचौ गणेश ठकुरी भएका छन् ।

यसैगरी महिला खुल्लतर्फ मन्जु रावत प्रथम, राममाया बुढा दोस्रो, नितु तामाङ तेस्रो, प्रीया तामाङ चौथो र पाँचौ सिर्जना राई भएका छन् ।

सिन्धुपाल्चोक जिल्ला अन्तर्गत गणेश ठकुरी प्रथम, अनिल तामाङ दोस्रो, सन्च तामाङ तेस्रो, पुमेश स्याङ्बो चौथो र दोर्जे तामाङ पाँचौ भएका छन् ।

यसैगरी महिलामा नितु तामाङ पहिलो, प्रिया तामाङ दोस्रो, अनिता तामाङ तेस्रो, फूलमाया तामाङ चौथो र सम्झना तामाङ पाँचौ भएका छन् ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले समृद्धिको आधार कृषि र पर्यटन भएको बताए । यहाँका पोखरीहरु धेरै भएकोले धार्मिक हिसाबले खोजी गरी प्रचारप्रसार गर्नु जरुरी रहेको बताउदै तीन वटै सरकारले सहकार्य गरेर संभावनाहरु प्रयोगलाई तय गरेर समृद्धिको आधार बनाउन सकिने बताए ।

संघीय सांसद एवम् धावक शेरबहादुर तामाङले आउदो पर्यटन वर्ष २०२० लाई पर्यटनका लागि सुबिधा सम्पन्न गाउँपालिका भएको उल्लेख गरे ।

त्यस्तै प्रदेश नं. ३ का सामाजिक बिकास मन्त्री एवम् धावक युवराज दुलालले धार्मिक पर्यटन प्रबर्द्धनको लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताउदै हाई अल्टिच्युड म्याराथनले पर्यटनको लागि सहयोग गर्नेछ ।

गाउँपालिका अध्यक्ष टासी लामाले  भने, ‘पर्यटनको लागि पाँचपोखरी थाङपाल नयाँ गन्तव्यको १६ औं स्थानमा परेको बताउँदै पर्यटन वर्षको लागि सुविधा सम्पन्न गाउँपालिका बनाइरहेका छौ ।’

खेलकुद समितिका अध्यक्ष एवं संयोजक टासी शेर्पाले पर्यटनलाई लक्षित गरेर बिगत ३ बर्षदेखि यो कार्यक्रम गर्दै आएको बताए ।

तपाईको प्रतिक्रिया