गोसाइँकुण्ड गाउँपालिकाद्वारा पहिरो तथा आगलागी पीडितलाई राहत वितरण

सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवाका गोसाइँकुण्ड गाउँपालिकाद्वारा बुधबार पहिराे तथा आगलागीबाट पीडित भएका ८ जनालाई राहत वितरण गरेकाे छ ।


गाउँपालिकाले गत आर्थिक वर्षको साउन र भदौमा पहिराेबाट पिडित भएका ६ जनालाई ३ लाख ७५ हजार रुपैयाँ राहत वितरण गरिएकाे हो । राहत प्राप्त गर्नेहरूमा गाउँपालिका वडा नम्बर ३ लिङलिङका ५ र वडा नम्बर ५ स्याफ्रुवेसिका एक जना रहेका छन ।

पहिरो तथा आगलागीबाट क्षति भएकाे अवस्था हेरि प्रतिव्यक्ति ५० हजार देखि ७५ हजार रुपैयाँसम्म राहत वितरण गरेको गाउँपालिले बताएको छ । यस्तै वडा नम्बर १ स्थिति रहेकाे नागथलिमा आगलागिबाट घर क्षति भएकाे पिडितलाई ७५ हजार रुपैयाँ राहत वितरण गरेको गाउँपालिको भनाइ छ ।

त्यसैगरी गोसाइँकुण्ड गाउँपालिका-५ ठुलोभार्खुस्थित टासी गुम्बामा आगलागी हुँदा मृत्युु भएकाे गुम्बाका प्रमुख लामाको काजकिरियाका लागि राहत वितरण गरेको थियाे । मृतक लामाको आफन्त नभएकाले गुम्बालाई नै उनको काजकिरिया खर्च ५० हजार रुपैयाँ राहत वितरण गरिएकाे गाेसाईकु्ण्ड गाउँपालिकाले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका