मिस तामाङ २०२१ की विजेता सफलता थिङद्वारा निषेधाज्ञाको बेला आपतमा परेका सात परिवारलाई राहत प्रदान गरेकी छन् ।
१३ औँ संस्करणको मिस तामाङ थिङको आफ्ने खर्चले गोकर्णेश्वर नगरपालिकास्थित भैरवचौरका सात परिवारलाई बुधबार खाद्यान्न प्रदान गरेकी हुन् ।
उनले चामल, दाल, तेल, नुन, अण्डा, मस्यौरा, साबुन, फ्रुटि लगायतका अन्य खाद्यान्न सामग्री प्रदान गरेकी हुन् ।
राहत प्रदान गर्दै मिस तामाङ थिङले भनिन्‚‘निषेधाज्ञामा रोजगारी गुमाएर हातमुख जोर्न समस्या परेकालाई दैनिक छाक टार्न राहत पुग्नेछ ।’ उनले खाद्यान्न अभावमा भोकै बस्ने स्थिति आएमा सम्पर्क गर्न समेत आग्रह गरिन् ।