नेपाल फर्किँदै साउदीका राजदूत राजपूत

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

साउदीका लागि नेपाली राजदूत प्राडा.महेन्द्रप्रसाद सिंह राजपुत बिहीबार नेपाल फर्किदै छ । राजदूत प्राडा.राजपुत चार वर्षे कार्यकाल पुरा गरेर आज नेपाल फर्किदै छन् ।


नेपाल सरकारले हालै नयाँ राजदूत मेहराज मुसलमानलाई सिफारिस गरेपछि प्राडा.राजपुत नेपाल फर्किन लागेका हुन् । उनले २०७४ साल जेठ २० गतेदेखि साउदीको राजधानी रियादस्थित नेपाली दूतावासमा कार्यभार सम्हालेका थिए।

केही दिनअघि कार्यकाल पुरा भएपनि कोरोनाका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि राजपुत साउदीमै रोकिएका थिए । उनी आज कतार हुँदै नेपाल फर्किन लागेका हुन् ।

नेपाल सरकारले कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि साउदीमा रोकिएका नेपालीहरुलाई देश फर्काउन राजपुतले पहल गरिरहेका थिए । साउदीबाट अर्को हप्ता हिमालयले चार्टर उडान सूचारु गर्ने भएको ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका