मन्त्रिपरिषद् विस्तार: गृहमा अधिकारी, सञ्चारमा थापा

सैलुङअनलाइन संवाददाता
काठमाडौं
तस्बिर : अनलाइन खबर

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएकी छिन् ।

राष्ट्रपति भण्डारीले नेकपा एमाले र जनता समाजवादी पार्टीका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको हो । यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । नवनियुक्त मन्त्रीहरुको आजै सपथ हुँदैछ ।

विस्तारित मन्त्रिपरिषदमा रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको छ भने गृह खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपछी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाा मन्त्री नियुक्त भएको छ । यसैगरी, आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका