जुगल गाउँपालिका-५ बराम्ची गेगङकुण्डमा दोम्वोङपोखरी धार्मिक तथा साँस्कृतिक महोत्सब २०७६ साउन ३० गते भब्य समारोहका साथ सम्पन्न भएको छ । पूर्व सूचना तथा सञ्चार मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले प्रथम महोत्सको उद्घाटन गरेको थियो ।
दोम्वोङपोखरी सिन्धुपाल्चोकको कर्णाली जस्तै दुर्गम ठाउँ रुपमा चिनिन्छ । उक्त ठाउँ अग्नी सापकोटाको पहिला चुनावी क्षेत्र थियो । अहिले क्षेत्र मिलान भए पछि क्षेत्र नं १ मा पर्दछ । बाटो र सडक सन्जालबाट बन्चित त्यस ठाउँ अर्को बर्ष आउदा दुबै कामको जिम्मा नेता बस्नेतले पूरा गर्ने जिम्मा लिएको छ ।
कार्यक्रममा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सबै राजनीतिक दलहरु विकासको काममा एक भएर अघि बढ्नुको विकल्प नरहेको बताए । उनले भने, ठाउँको विकासमा तपाईहरुसंगसगै रहेको छु । बाटो, बत्ती र शिक्षाको लागि जनताको साथमा रहेको रहेको पूर्वमन्त्री बस्नेतले बताए ।
महोत्सवमा वरिपरीका गाउँ गुम्वा, हगाम, पाङताङ, गोल्चे, बतासे र बराम्चेबाट उपस्थित ठूलो संख्यामा बृद्धदेखि बालकसम्मको उपस्थिति थियो । यस ठाउँमा जनैपूणिमाको दिन मेला लाग्ने गर्दछ । त्यसैले पनि साँस्कृतिक माहोलले गर्दा हजारौ सख्यामा उपस्थिति रहेको स्थानीय दोर्जे लामाले बताए ।
कार्यक्रममा जुगलका काग्रेस नेता जय बहादुर लामा, वडा न ५ का अध्यक्ष सनत अधिकारी, म्यालेङ लामा लगायतले यस ठाउँलाई पर्यटकीय ठाउँको रुपमा विस्तार गर्नका लागी पर्ने बताए ।
करिव ३००० मिटरको उचाईमा रहेको दोम्वोङपोखरी पर्यटकीय स्थलको पनि उपयुक्त ठाउँ हो । माथि महादेव, तल पोखरी हरियाली जंगल जस्ताले सबैको मन लोभिने तर प्रचारप्रसारको कमीले सुन्दर ठाउँलाई स्थानीय सरकार लगायत सम्बन्धीत निकायको आँखा पुगेको छैन ।
महोत्सवलाई रमाइलो बनाउन ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहेको थियो । जसमा गायक तथा संगीतकार विशाल कल्तान, गायिका शशिकला मोक्तान, दिपा दोङ, आसा लामा, लेखनाथ आचार्य, आस्मान लोप्चन, जेबि जिम्वा, सन्देश लामालगायतको बेजोड संगीतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रमको नविन्द्र कुमार योञ्जनको सभापतित्वमा भएको थियो ।