सेवा चुस्त पार्न गृहमन्त्री अधिकारीको निर्देशन

सैलुङअनलाइन संवाददाता
काठमाडौँ
नवनियुक्त गृहमन्त्री खगराज अधिकारी सितल निवासमा सपथ लिनुहुदै । तस्वीर : प्रदीपराज वन्त/रासस

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएको छ ।


गृह मन्त्रालयमा बिहीबार पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले सेवाको प्रकृति अनुसार २४ सै घण्टा सेवा दिनुपर्ने बताए ।
उनले मन्त्रालयमा आएका काम छिटो र छरितो रूपमा सम्पादन गर्न र सेवाग्राहीलाई ढिलासुस्ती नगर्न पनि निर्देशन दिँदै त्यस्ता गतिविधि पाइए कारबाही गर्ने चेतावनीसमेत दिए ।

गृहमन्त्री अधिकारीको निर्देशन अनुसार आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । उहाँले चुस्त प्रशासनको प्रत्याभूति दिलाउन मातहतका कर्मचारीलाई निर्देश गरिएको छ । मन्त्री अधिकारीले गृहका कर्मचारी र सुरक्षा निकाय २४सै घण्टा खटिनुपर्ने उल्लेख गर्दै कार्यालय समय भनेर पन्छिन नहुनेमा जोड दिए ।

उनले शान्ति सुरक्षा सबल बनाउन प्रहरी अधिकारीलाई समेत निर्देशन दिए । नेपालको सीमा सुरक्षा प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले आफ्नो भूमि सुरक्षाको प्रतिबद्धतासमेत जनाए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका