नर्स प्रतिमाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

सरस्वती न्याैपाने संवाददाता
रसुवा

सामाजिक अभियन्ता एवं नर्स प्रतिमा लामाले कोरोनाको दोस्रो लहरबाट जटिलता नहोस् भनेर स्वास्थ्य सामग्री वितरण गरेकी छिन् ।

रसुवा जिल्लालाई स्वस्थ र शिक्षित समाज निर्माण गर्ने अभियानमा लागेकी नर्स लामाले यो महामारीलार्इ मध्यनजर गरी जिल्लाको पाँच वटा स्वास्थ्य चौकी र दुई वटा आमा समूहलाई स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् ।

ज्येष्ठ २६ र २७ गते स्वास्थ्य सामग्री वितरण गर्दै नर्स लामाले भनिन्‚ ‘कोरोना भाइरसका दोस्रो लहरका क्रममा रसुवामा पनि तीव्र रूपमा सङ्क्रमण फैलिरहेको रहेको र यस पटक बढी श्वासप्रश्वास समस्यामा देखिन थालेपछि सहयोग गरेको हो ।’

गोसाईंकुण्ड गाउँपालिका र आमाछोदिङमो गाउँपालिकाका रसुवा स्वास्थ्य चौकी धुन्चे, स्याफ्रुबेशी स्वास्थ्य चौकी थम्बुचेत, स्वास्थ्य चौकी गोल्जुङ, स्वास्थ्य चौकी गत्लाङ, स्वास्थ्य चौकी नोर्चोतलार्इ हस्तान्तरण गरेकी हुन् ।

यसैगरी महिला समूह ठुलो भार्खु, महिला कल्याण समूह सानो भार्खु लागि स्वास्थ्य सामाग्रीहरू सम्बन्धित वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूलाई हस्तान्तरण गरेकी हुन्।

यो महान् कार्यलाई साथ दिएका छन् अस्ट्रेलियामा अध्ययनरत निशा घले लगायतका नेपाली विद्यार्थी साथीहरू र विजन फर मोटिभेशन र हाम्रो सानो प्रयासले ।

तपाईको प्रतिक्रिया